सुचना, समाचार र मनोरन्जन

वाग्ले र बिसीको ‘झम्म झम्म साईली’

काठमाडौं :

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि लोकदोहोरी गायक कमल विसी माल्दाई र गायिका प्रतिक्षा वाग्लेको आवाजमा सजिएको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द सृजना र गायक विसीकै लय सृर्जना रहेको गीतलाई भोलुम अनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको हो।

PCCi MELa

गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ । गीतमा दुई प्रेमी जोडीहरु एक अर्कालाई बयान गर्दै तीजमा सँग सँगै नाच्ने गाउने गरेको दृश्य देखाईएको छ।

गीतको भिडियोमा समुन्द्र वाग्ले, लोसिना लामिछाने, प्रेम रसाईली, जसोदा कार्कीको अभिनय रहेको छ । गायक विसी र गायिका वाग्लेले गरेका यस अघिका तीज गीतहरु पनि सफल भएका थिए । युवा व्यवसायी राजेन्द्र कुँवरको विशेष सहयोग तयार भएको गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् ।

कमेन्ट्स
Loading...