काठमाडौ । नेपाली मौलिक कथामा निर्माण भएको सिरिज ‘भरिया’ प्रसारणमा आएको छ । हल्का रमाइलो ,मेरी बास्सै लगायतमा अभिनय गर्दै आएका पुस्कर ढुंगेलको निर्देशन तथा लेखनमा तयार भएको सिरिज ‘भरिया’मा युटुबमार्फत रिलिज भएको हो ।
मजदुरको कथामा निर्माण भएको सिरिज हरेक सोमबार साँझ प्रसारण हुने छ । ‘भरिया अफिसियल’ युटुब च्यानलबाट रिलिज भएको यस सिरिजमा देशभक्त खनाल, रश्मि भट्ट ,प्रविन खत्री, महेश थापा, नवीन आचार्य, कृष्ण कार्की, बिबीका दहाल, डबल बुढाथोकी, कबिता कटुवाल,दिनेश दर्जी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
सोनम ‘राजनेवा’ले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता प्रेम नूवाकोटी रहेका छन् भने नवराज खड्का छायांकार हुन् । दिनेश दर्जीले व्यवस्थापकको जिम्मेवारी समालेका छन् भने महेश जंग थापाले सहायक निर्देशकको भुमिका निभाएका छन् ।
