काठमाडौं :
फिल्म नबन्दै नाम सुनेको भरमा फिल्मको डिजिटल राइट्स बिक्री हुँदै आएका छन्। यहि मेलोमा फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को डिजिटल राइट्स महंगो रकममा बिक्री भएको छ ।
ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले फिल्म किनिएको जानकारी दिएका छन्। उनले फिल्मको डिजिटल राइट्स किनेको उल्लेख गरेका छन्। फिल्म कतिमा किनिएको उल्लेख नगरेपनि निर्माणपक्षका अनुसार, फिल्मको डिजिटल राइट्स वापत ओएसआरले ९५ लाख रुपैयाँ किनेको हो।

आगामी दसैंमा रिलिज गर्ने फिल्ममा अभिनेता विपिन कार्की,अभिनेत्री स्वस्तिमा खड्का र सौगात मल्लको मुख्य भूमिका रहनेछ । फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण गर्न लागेका हुन् भने निर्देशन दीपेन्द्र के खनालको छ।