सुचना, समाचार र मनोरन्जन

प्रा.डा.भीष्मराज प्रसाईको निधन

काठमाडौं ।

प्रा.डा.भीष्मराज प्रसाईको आज साँझ सात बजे मेडिसिटी इन्टरनेशनल हस्पिटलमा निधन भएको छ ।

८९ वर्षीय उनलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।

डा.प्रसाईका श्रीमती सुभद्रा प्रसाई, छोरीहरू डा.सिरू प्रसाई, सञ्जु शर्मा र छोरा डा.सगर प्रसाई छन् ।

Parichay

डा. प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक थिए । साथै उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक पनि थिए ।

प्रा.डा.प्रसाई चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति पनि थिए ।

प्रसाईका एक दर्जनको हाराहारीमा साहित्यिक कृति प्रकाशित छन् । उनी भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित थिए ।

साथै उनी राजपरिषदको सम्माननीय सदस्य पनि रहेका थिए ।

Comments
Loading...