सुचना, समाचार र मनोरन्जन

सलोनको विहे पाटीमा आएका भुवनलाई पत्रकारको प्रश्न : तपाईको विहे कहिले ?

काठमाडौं : 

सेलिब्रेटीको हरेक कुराहरु उसका फ्यानहरुले सुन्न हेर्न र पढ्न रुचाउँछन् । उनीहरुका साना साना भनाई र व्यवहारहरु आमनागरिकले जानकार लिन खोज्छन र लिइरहेका पनि हुन्छन् ।

यसैबीच नेपालमा ससदावहार अभिनेताका रुपमा परिचित भुवन केसी र अभिनेत्री जिया केसीको बारेमा अलिक बढि चर्चा चलेको हो । एक महिना अघि अमेरिका भ्रमणको क्रममा भुवन केसीले एक मिडियालाई दिएको अन्तरवार्ताले अझ बढि उनका फ्यानहरुलाई कौतुलहता तुल्याएको छ । प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने भन्दै अन्तरवार्तामा बोलेका भुवनलाई बुधबार सलोनको विवाहमा पत्रकारहरुले प्रश्न राख्न छाडेनन् । प्रेमिका जीया सहित अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका भुवनलाई मिडियाकर्मीले जीयासँग कहिले विवाह गर्ने ? भन्ने प्रश्न राखे ।

उनले विवाहको कुरा सुन्ने वितिक्कै तर्किए जवाफमा समय आएपछि भन्न भ्याए । यतिमा नै पत्रकारहरु रोकिने छाँटकाँट देखिएन । समय आएपछि भनेर तर्किए भुवनले भने, ‘आज हामी छोरा सलोन बस्नेतको बिहेमा आएका छौं । यसैले यहि विहेलाई नै सेलिब्रेट गरौं होला ।’

पत्रकारमाझ घेरिएका भुवनलाई उनको छोरा अनमोलको विहे कहिले भन्ने प्रश्न गरियो । सो प्रश्नको जवाफमा भुवनले भने, ‘यो प्रश्न अनमोललाई नै सोध्नु ।’ स्रोतका अनुसार भुवन यहि वर्ष विवाह गर्ने मुडमा रहेका छन् ।

कमेन्ट्स
Loading...