सुचना, समाचार र मनोरन्जन

विवादित फिल्म फेस्टिभलमा जिया र अनमोल बोकेर दुबई उडे अध्यक्ष केसी

भोला अधिकारी

काठमाडौं :

विवाद र आरोप खेप्दै आएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी अन्नतः विवादित कम्पनीले दुबईमा गर्न लागेको फेस्टिभल कार्यक्रममा जम्बो टोली सहित हुँइकिएका छन् ।

मानव बेचबिखनको आरोप लागेको ‘नेपाल्स फिल्म फेस्ट’को व्यवस्थापकीय जिम्मेवार निजी कम्पनी सूर्य कर्पोरेसनले लिएको छ । जसमा बोर्डले सहकार्य गरेको छ । धेरैले यो अवार्ड अध्यक्ष केसीको पारिवारिक अवार्ड समेत भनेका छन् । किनभने यसमा भुवनका दुइ सदस्य अनमोल केसी र जिया केसी समिलित छन् ।

विवादित कम्पनीको कार्यक्रममा सहभागी नहुने भन्दै केहि कलाकारहरु समेत बहिस्कार गरेको देखिन्छ । आरोप र विवादलाई स्वीकार्दै अवार्डमा प्रमुख अतिथि बन्न ३९ जनाको टोली सहित भुवन दुबई उडेका हुन् । यसमा बोर्डको ३० लाख खर्च हुँदैछ । यहि कार्यक्रममा भुवन केसीका साथमा उनका छोरो तथा अभिनेता अनमोल अतिथि रहेका छन् भने अभिनेत्री जिया केसी पनि सहभागी भएका छन् ।
यस फेस्टिभलमा जानेहरुमा भुवन केसी,फडिन्द्र बहादुर कटुवाल, अर्जुन कुमार डंगोल,प्रकाश भट्टराई,शिव सुन्दर श्रेष्ठ,तारा भुषन दाहाल,नकिम उदिम,ऋचा शर्मा लगायत रहेका छन् ।

यस फेस्टिभलमा भाग लिन दुबई उड्ने क्रममा अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरिएको थियो । जहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले आफ्नो बचाउ गर्दै आफूले राम्रो काम गरेकाले विवाद भएको तर्क गरेका छन् । यस अवार्डमा बोर्ड विवादमा तानिएपछि यस कार्यक्रममा केही विवाद नरहेको दाबी गरे ।

‘कामै नगरी घरमा बस्ने हो भने त विवाद आउँदै आउँदैन । कुनै राम्रो काम गर्दाखेरी आउन सक्ला,’उनले भने,‘यो कार्यक्रममा केही विवाद छैन । चलचित्र विकास बोर्डले राम्रो काम पहिलो चोटी यो कार्यक्रम गर्दैछ । यसमा पुरा मन्त्रालयले हामीले एउटा राम्रो कार्यक्रम लिएर गाका छौ । यो पहिलो पटक विदेशमा फेस्टिभल गर्न लागेको हो ।’

चलेका कलाकार भन्दा पनि अन्य कलाकारको हुल बोकेर दुबई हिडेका भुवनको अनुहार खासै चम्किलो देखिदैन थियो । आफु निकट केही सञ्चारकर्मी र कलाकार बोकेर फेस्टिभलमा भाग लिन हिडेका थिए ।

उनले यस फेस्टिभलमा थोरै कलाकारलाई मात्र समेटिएको भन्दै आफुलाई बचाउमा उत्रिए । उनले अहिले नसमेटिएका कलाकार अर्को फेस्टिभलमा समेट्ने बताए । कलाकारको मन राख्ने मनसायले उनले भने,‘अब हरेक वर्ष यस्ता कार्यक्रम हुनेछ ।’

यस फेस्टिभलमा अभिनेता राजेश हमाल, हरिवंश आचार्य,मदन कृष्ण श्रेष्ठ लगायतका कलाकारलाई समेट्ने भनिएको थियो। तर, दुबई उड्ने बेलामा उनीहरु एयरपोर्टमा देखिएनन् ।वरिष्ठ कलाकारहरु फेस्टिभलमा जाने समुहमा नदेखिएपछि पत्रकारले खोई भन्ने प्रश्न गरेका थिए । उनले समयले नभ्याएर लैजान नसकिएको दाबी गरे ।

उनले भने,‘अनमोल केसीका समकालिन कलाकारहरुलाई समेट्न प्रयास गरेका थियौं । तर, कोही छायांकन त कोही घरायसी कामले जान सक्नुभएन । यद्यपि, सबैले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।’

अभिनेता तथा निर्माता समेत रहेका भुवन केसी हरेक कुरामा विवादमा आउने गरेका छन् । बोर्ड समालेको यतिका समयमा कहिले फिल्म प्रदर्शनको तालिकालाई लिएर विवादमा आउँछन् त कहिले काम नै नगरेको कुरामा । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रेम गीत ३’को हिन्दी संस्करणलाई लिएर निकै विवादमा तानिए । यस क्रममा अभिनेता खड्का र केसीबीच पानी बाराबार नै अवस्था सिर्जना भएको थियो ।

कमेन्ट्स
Loading...