सुचना, समाचार र मनोरन्जन

‘फेसन गाला नाइट’मा सुपरस्टार भुवन केसीलाई सम्मान

काठमाडौँ:

विवादै विवादमा फसेका चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी सम्मानित भएका छन्। उनलाई फेसन नेटवर्क नेपालले सम्मान गरेको हो ।

उक्त संस्थाले शनिवार आयोजना गरेको ‘फेसन गाला नाइट’ कार्यक्रममा नेपाली फिल्म क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता र सफलताको कदर गर्दै ‘एफएनएन लिजेन्डरी आईडल’को उपमासहित केसीलाई सम्मानित गरेको हो ।

उक्त कार्यक्रममा केसीसँगै फेसन एजुकेटर ज्ञानी शोभा तुलाधर, ब्यूटीशियन कमला श्रेष्ठ, पूर्व मिस नेपाल रुबी राणा, कोरियोग्राफर रचना गुरुङ शर्मा, फोटोग्राफरत्रय राजभाई सुवाल, गौतम धिमाल र महेश प्रधान, फेसन डिजाइनरद्वय मुक्ता श्रेष्ठ र रमिला नेमकुल, कस्ट्युम डिजाइनर राजेश धाखवा, सञ्चार उद्यमी पूजा मानन्धर र रनवे साउन्ड डिजाइनर भाइटल सम्मानित भएका छन् । ठमेलको क्लब टेनएक्ससँगको सहकार्यमा कार्यक्रम भएको हो।

कमेन्ट्स
Loading...