काठमाडौँ :
चलचित्र विकास बोर्डमा नियुक्त भएदेखि नै आलोचित बनेका भुवन केसीले उल्लेख रुपमा केहि काम गर्न नसकेको आलोचना हुँदै आएको छ। बुधबार राजधानीमा चलचित्र निर्माता संघले आयोजना गरेको नव निर्वाचित विभिन्न संस्थाका फिल्मकर्मी तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा समेत उनले फिल्मकर्मीको हितमा कुनै काम गर्न नसकेको आरोप खेपे ।
शुभकामना कार्यक्रममा सहभागी भएका भुवनको फिल्मकर्मीहरुले भुवन मन्त्रालयको पुच्छर भएको समेत आरोप लगाए । फिल्मकर्मीको अधिकांश कुरा सुनेका भुवनले आफुले बोर्डमा आएपछि थुप्रै काम गरेको बताए । उनले काम आफूलेभन्दा छिटो कसैले गर्न सकेको दाबी गर्दै आफ्नो जस्तो काम कसैले गर्न नसकेको बताए । उनले यदि फिल्मकर्मीको पक्षमा आफुले काम गर्न नसकेको कसैले औल्याएको खण्डमा राजीनामा दिन तयार रहेको बताए ।

उनले चलचित्र क्षेत्रको समस्या समाधानका लागि दिनरात नभनी मिहिनेत गरिरहेको जानकारी दिदै काम नगरेको भन्ने प्रति गुनासो राखेका थिए । उनले आफ्नो फिल्म दुनियाँमा प्रवेश गरेको ४० वर्ष भएको र आफुले विभिन्न समयसँग जुधेको र जुध्दै आइरहेको बताए । यो आफुले मात्र समस्याको समाधान गर्न नसक्ने तर्क गरे।
उनले फिल्मकर्मी तथा नवनिर्वाचित विभिन्न संघसंस्थाका कार्यसमितीलाई बधाई दिदै भने,‘फिल्म क्षेत्रको यथावत् समस्या अहिलेको होइन । मैले यो उद्योगमा ४० वर्ष बिताए । त्यही समयदेखि म योसँग जुध्दै आइरहेको छु । यो म एक्लैबाट समाधान हुने समस्या होइन । सबैको हातेमालो आवश्यकता छ ।’ उनले आफ्नै पालमा सातै प्रदेशमा एक एक वटा फिल्म स्टुडियो निर्माण हुने बताए ।