सुचना, समाचार र मनोरन्जन

फिल्मकर्मीलाई सरकारले पिँजडाभित्र थुनेको केसीको आरोप

काठमाडौ । निर्माता तथा अभिनेता भुवन केसीले सरकारले नेपाली फिल्मकर्मीलाई पिँजडाभित्र थुनेर राखेको आरोप लगाएका छन् । उनले एक टिभी शोको कुराकानीमा नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सरकारले कुनै सुविधा नदिएको आरोप लगाएका हुन् ।

British college

निर्माता केसीले राष्ट्रिय चलचित्र नीति लागू नगरेर फिल्मकर्मीलाई पिँजडाभित्र थुनेर काम गर्न समेत नदिएको दाबी गरेका छन् । विदेशी फिल्मसँग नेपाली निर्माता भागिरहेको अवस्थामा उनले राष्ट्रिय चलचित्र नीति लागू भए उनीहरुसँग भिड्न तयार रहेको बताए ।
केहि फिल्म निर्माणको घोषणा गरेर बसेका निर्माता केसीले आजसम्म फिल्मकर्मीहरुले सरकारको सहयोगको अनुभुति गर्न नपाएको दुखेको पोखेका छन् ।

कुराकानीका क्रममा भने ‘नेपाली फिल्मलाई राज्यले मनोरञ्जनको रुपमा मात्र लिएको छ । फिल्म मनोरञ्जन त हो नै, साथ–साथै भाषा, संस्कृति, पर्यटन लगायतलाई पनि जर्गेणा गरिरहेको छ ।’ नेपालका कलिला बाल–बालिकाहरुले हिन्दी भाषा बोल्न थालेको र भोलीका दिनमा नेपाली भाषा नै लोप हुन सक्ने आँकलन गरे । उनका अनुसार विदेशी फिल्मको अतिक्रमण यथावत रहे अबको १० वर्षपछि बच्चा–बच्चीहरुले तमिल भाषा पनि बोल्न थाल्नेछन् र नेपाली भाषा संकटमा आउने छ ।

कमेन्ट्स
Loading...