सुचना, समाचार र मनोरन्जन

हाम्रो शिक्षा प्रणाली : सर्टिफिकेट झोलामा, सेटिङमा जागिर

  •  
  •  
  •  
  •  

इश्वर पहारी /

हरेक अचेतनाबाट चेतनातिर अगाडी बड्नु नै शिक्षा हो । स्कुल र क्याम्पसबाट नै पुर्ण शिक्षा पाउन सकिन्छ भन्ने आम धारण छ। शिक्षा भनेको कुनै विश्व बिद्यालयबाट सर्टिफिलेट बटुल्नु मात्र होईन।आफ्नो जिवनको हरेक पक्षहरुलाई ठिक संग सन्चालन गर्न सक्नु पनि शिक्षा हो।
समाज परिवर्तनको लागि सबैभन्दा ठूलो लडाई शिक्षाको लडाई हो, तर नक्कल बाहेक केही भेटिदैन हाम्रो शिक्षा प्रणालीमा।शिक्षा भनेको त रचनात्मक र सृजनात्मक हुनुपर्छ।अहिलेको हाम्रो शिक्षा प्रणाली भनेको केवल नोकर उत्पादन गर्न सिकाउने मात्र हो ।

सर्टिफिकेट हातमा हुदाहुदै पनि त्यसलाई बन्दा बाकसभित्र राखेर ४० डिग्री सम्मको तापक्रम भएका खाडी मुलकमा गई आफ्नो डिग्री भन्दापनि निकै तल झरी काम गर्न बाध्य छन।

अहिलेको समयमा देशका कयौं युवाहरु आफ्नो शैक्षिक प्रमाणपत्र साथमा हुदाहुदै पनि अन्योलतामा अल्झिरहेका छन, किनकी नेपाल यस्तो देश हो जहाँ सर्टिफिकेट हैन सेटिङले मात्र काम गर्छ जागिरमा होमिनको लागि।यहि बिवशताले गर्दा नै देशका कयौं युवाहरु डिग्रीसम्मको सर्टिफिकेट हातमा हुदाहुदै पनि त्यसलाई बन्दा बाकसभित्र राखेर ४० डिग्री सम्मको तापक्रम भएका खाडी मुलकमा गई आफ्नो डिग्री भन्दापनि निकै तल झरी काम गर्न बाध्य छन।आखिर आफू मरेरै भएपनी आफ्नो परिवार अनि बिशेष गरि देश त बचाउनु नै छ रेमिटेन्सको माध्यमबाट।

आजको हाम्रो शिक्षाले कामदार जन्मायो तर मालिक जन्माउन सकेन, आत्मनिर्भरता सकेन तर परनिर्भरता कोसौ फड्को मारेको छ।आजको शिक्षाले महान विद्वान् त छदै छ, माग्ने पनि बनाएको छ।हातमा सर्टिफिकेट त छ तर सिपको लेखाजोखा छैन, सीप त छ तर केवल कागजी सर्टिफिकेटमा मात्रै।यो समस्या शिक्षा प्रणालिले त जन्मायो जन्मायो, अर्कोतिर सेटिङ अनि कामदारको भिख माग्न बाहेक अरु उपाय छैन।हातमा सर्तिफिकेटको भारी भएसङै जिवनमा पनि जिम्मेवारिको भारी गह्रौ हुँदै जान्छ।

तर बिडम्बना हामी यस्तो देशको नागरिक हौ जहाँ दुई दशकको शिक्षा अनि एउटा् झोलामा नअट्ने सर्टिफिकेटको खात हुदाहिदै पनि ठाउँमा आफ्नो मान्छे नभएको कारण ले नै गर्दा आज कयौं युवाहरु बेरोजगारीको पीडा नचाहादा नचाहदै पनि खेप्न परेको छ।

तर बिडम्बना हामी यस्तो देशको नागरिक हौ जहाँ दुई दशकको शिक्षा अनि एउटा् झोलामा नअट्ने सर्टिफिकेटको खात हुदाहिदै पनि ठाउँमा आफ्नो मान्छे नभएको कारण ले नै गर्दा आज कयौं युवाहरु बेरोजगारीको पीडा नचाहादा नचाहदै पनि खेप्न परेको छ। आजको शिक्षाको हस्तान्तरण र रुपान्तरणको हविगतले दुरुस्तै समस्या बनेको छ।एकातिर गुणस्तरीय शिक्षाको नाममा कयौं ठगिएका छन भने अर्कोतिर जो शिक्षित छैनन, जसलाई शिक्षा प्रणालिको बिकास कसरि गर्ने भन्ने कुराको ज्ञान नै छैन, उनिहरुनै विभिन्न मन्त्रीहरुको पदमा आशन गरेर देश आफ्नै शैलिमा चलाई रहेका छन। दिउसै सपना देख्छन अनि जनतालाई सपना बाढिरहेका छन।

परिणाम आज अर्बौ बजेट बालुवामा पानी हाले सरह भएको छ। हामीले अध्ययनको इतिहासमा थप सफलता हासिल गर्यौ अर्थात् स्नातकोत्तर पास गर्यौ हातमा सर्टिफिकेटको खात लगायौ, तर बिडम्बना आफुले सोचेको अनि क्षमता अनुसारको जागिर पाएनौ, किनकी सबैजनाको ठाउँ आफ्ना मान्छे छैनन।बाबुआमाले जति गर्नु थियो गरिसके, अब आफू केही गर्न पर्छ भन्दै कयौ युवाहरु सर्टिफिकेटले भरिएको झोला बोकेर हार्गुहार गर्न बाध्य छन।कामको लागि भ्याकेन्सी खुल्छ, हजारौ युवाहरु तेहि होमिन्छन, अनि आफुले सकेको गर्छन तर भित्रभित्रै सबै सेटिङ मिलेको हुन्छ, एकैचोटि अन्तरबार्ता दिन मात्रै गए पुग्छ।

तर अफसोछ त्येही सपना बोकेर अघि बड्दै गरेका लाखौ युवाहरु आफ्ना मान्छे ठाउँमा नभएकै कारण बेरोजगार बस्न परेको छ।यसको पछाडि एउटै मात्र कारण छ सेटिङ।नेपालमा जे गरे पनि हुन्छ, भनसुन गरेर जसरी गर्छौं भन्ने संकीर्ण सोचले झन्‌झन् हामी पछि परिरहेका छौं।

सर्टिफिकेट भनेको केवल हात्तिको दात जस्तै भएको छ सबै देखावटी।यहाँ कसरी पास गर्यो, मेहनत कति गर्यो, नम्बर कति छ, क्षमता कति छ, भन्दा पनि कसैको चिनेजानेको भरमा जागिर पचाएका छन।अहिलेको सत्य नै यहि हो। कयौ नेपाली अभिभावकको पिर चिन्तानै एउटै छ, छोरा(छोरिको पढाई त सकियो अब जागिरको लागि कहाँ पठाउनु। पढेर कहिले सक्लान, हातमा सर्टिफिकेट कहिले पाउलान र कहिले राम्रो पैसा कमाउने जागिर खालान भन्ने सोचमा नै हजारौं आमाबुवाहरु डुब्न बाध्य छन।तर अफसोछ त्येही सपना बोकेर अघि बड्दै गरेका लाखौ युवाहरु आफ्ना मान्छे ठाउँमा नभएकै कारण बेरोजगार बस्न परेको छ।यसको पछाडि एउटै मात्र कारण छ सेटिङ।नेपालमा जे गरे पनि हुन्छ, भनसुन गरेर जसरी गर्छौं भन्ने संकीर्ण सोचले झन्‌झन् हामी पछि परिरहेका छौं। यो वाद र त्यो वाद, झन्डाको फेरबदल, व्यवस्थाको परिवर्तन र आरोप(प्रत्यारोपमै हामीले वर्षौंदेखि समय खेर फालिरहेका छौं।

एकातिर देशमा मौका छैन भनेर धेरै दक्ष जनशक्ति बाहिरिएका छन् भने अर्को तिर भनसुन अनि सेटिङले बर्सेनि चलिरहेको छ। कसैले थाहा नपाएको, नबुझेको होईन।ड्राइभर गाडीको सिटमा बसेको हुन्छ।स्टेरिङ गलत दिशामा मोडिरहेको हुन्छ तरपनी कोहि कसैले  गलत बाटोतिर गाडी किन मोडेकोू भनेर भन्ने आट गर्दैनन ।

एकातिर देशमा मौका छैन भनेर धेरै दक्ष जनशक्ति बाहिरिएका छन् भने अर्को तिर भनसुन अनि सेटिङले बर्सेनि चलिरहेको छ। कसैले थाहा नपाएको, नबुझेको होईन।ड्राइभर गाडीको सिटमा बसेको हुन्छ।स्टेरिङ गलत दिशामा मोडिरहेको हुन्छ तरपनी कोहि कसैले  गलत बाटोतिर गाडी किन मोडेकोू भनेर भन्ने आट गर्दैनन । यहि भएर त आज देशमा भनसुन अनि सेटिङले काम गरिरहेको छ। नेपामा हजारौको संख्यामा बिध्यार्थिहरु छन जसका सर्टिफिकेटहरु झोला भित्र राख्दा(राख्दा फोहोरको डङुर जस्तै भएका छन। त्यसैले आजको समयमा यस्तो हुन जरुरी छ कि जुन बर्तमानमा मात्र हैन भविस्यलाई पनि प्रतिनिधित्व गरोस। मानिस जबसम्म आफ्नो क्षमता अनि आफ्नो सर्टिफिकेट अनुसारको जागिर पाउदैन अर्थात पढाईको सहि सदुपयोग हुदैन तबसम्म उस्ले गरेको त्यो त्याग, मेहनतको केही मान्यता रहदैन।

अन्ततः शिक्षामा नया शैक्षिक पद्धति अबलम्बन गरि शिक्षालाई समयानुकूल सुदृढीकरण गर्नु नै आजको आवश्यकता हो। लार्भाका रुपमा रहेको ब्यक्तिलाई सुन्दर पुतली भनाएर उडाउन सक्ने शिक्षाको खाचो छ आज देशमा नाकी, भनसुनको भरमा सर्टिफिकेट बिक्ने हैन।

वास्तवमा हाम्रो समाजमा शिक्षाले रोपेको भ्रम भनेको नै कागजी सर्टिफिकेट मात्रै हो भने तेहि सर्टिफिकेट हुदाहुदै पनि भनसुन अनि सेटिङ नभएकौ कारण योग्यता अनुसरको रोजगार प्राप्त नगर्नु अर्को असफलता हो।हातमा सर्टिफिकेट नहुदा पनि भनसुनकै भरमा अब्बल ठाउँमा पुगेको उदाहरण थुप्रै छन। ठुलो उदाहरण त हामी हाम्रो देश चलाईरहेका नेताहरुलाई नै हेरौ न।न पढाई छ, न त सर्टिफिकेट नै, तर पनि देश चलेकै छ।

अन्ततः शिक्षामा नया शैक्षिक पद्धति अबलम्बन गरि शिक्षालाई समयानुकूल सुदृढीकरण गर्नु नै आजको आवश्यकता हो। लार्भाका रुपमा रहेको ब्यक्तिलाई सुन्दर पुतली भनाएर उडाउन सक्ने शिक्षाको खाचो छ आज देशमा नाकी, भनसुनको भरमा सर्टिफिकेट बिक्ने हैन।

कमेन्ट्स
Loading...