सुचना, समाचार र मनोरन्जन

पत्रकारिता गर्ने कि राजनीति ?

  •  
  •  
  •  
  •  

प्रकाशसिंह भण्डारी /

                                                                                  विचार…

नेपालमा पत्रकारिता भनेको साह्रै रमाईलो पेशा हो । पुगिसरी आउनेका लागि त यो मनोरञ्जन र समय कटाउने मेसो पनि हो । यद्यपि गरिखाने श्रमजीवी पत्रकारका लागि रोटीकारितामा नै सीमित छ । २१ औं शताब्दीमा पत्रकारिता विश्वव्यापी र मर्यादित पेशा बनेको छ । विज्ञान र प्रविधिको विकासले पत्रकारितालाई सहज पनि बनाएको छ । पत्रकारिता कसैको प्यासन र कसैको पेशा भएको छ ।

पत्रकारिताको आवरणमा व्यक्तिले आफ्नो चियापानीदेखि लत्ताकपडा हुँदै घरको दानापानी, सलामी, गुलामी, पिएदेखि प्रधानमन्त्रीको प्रेस मिट, भिजिट, रेट्रिटजस्ता प्याकेज लिनदेन प्राप्त भइरहेको छ । कारोवार हुने बाहिरी रूपमा हेर्दा ओपेन तर सेक्रेट राम्रैसँग खुरापातीका खेतिपाती प्रचलनमा चलिआएकै छ । अक्सर व्यापारी, नेता, तस्कर, ठेकेदार, कर्मचारीदेखि सबै तहतहका मानिसहरूलाई तह लगाउने हतियार पनि बनेको छ । २÷३ दशक अगाडि पत्रकार भन्ने वित्तिकै भ्रस्ट र गलत नियतका व्यक्तिहरू थर्कमान हुन्थे । धुमिल छवि र सामाजिक वहिष्कारमा परेकाहरूको पत्रकारको नाम सुन्नसाथ सातो जान्थ्यो। किनकि पत्रकारले त्यस्ता पात्र र चरित्रको दोहोलो काड्थ्यो ।

पत्रकारितालाई दलविहिन राज्यको ‘चौथो अङ्ग’ भनेर परिभाषित गरे पनि राजनीतिक दल, दलाल र विचौलियाका लागि अनिवार्य अङ्ग जस्तै बनेका छन् पत्रकार र यससँग सम्बन्धित संघसंस्थाहरू ।

पत्रकारिताको कर्म न्यायको धर्मसँग अन्योन्याश्रित रूपमा जोडिएका हुन्थे । नेपाली पत्रकारितामा पत्रकार भारतदत्त कोइराला, रामकृष्ण रेग्मी, विजय कुमार, हरिहर बिरही, केदार खडका, भूषण दाहालदेखि टिकाराम यात्रीहरू नजन्मेका त होइनन् यद्यपि संवैधानिक रूपमा गलत विधि र प्रक्रियाबाट खबरदारी गर्नेहरूको दादागिरी कायम छ । बेलायती राजनीतिज्ञ एड्मन्ड बर्कले पहिलो पटक सन् १७८७ मा पत्रकारहरूलाई चौथो अङ्ग मानेका थिए । स्वतन्त्र पत्रकारिताले राज्य निर्माणमा सहयोग पु¥याउनुको साथै राष्ट्रियताका सवालमा पनि महत्वपूर्ण योगदान दिन्छ । पत्रकारितालाई दलविहिन राज्यको ‘चौथो अङ्ग’ भनेर परिभाषित गरे पनि राजनीतिक दल, दलाल र विचौलियाका लागि अनिवार्य अङ्ग जस्तै बनेका छन् पत्रकार र यससँग सम्बन्धित संघसंस्थाहरू।

फगत व्यवसायिक पत्रकारहरूलाई पीत, पत्रुकार, पार्टीकार, हनुमाकार, धुपौरेकार आदि इत्यादिको विशेषण दिने, बनाउने र उपभोग गराउने कार्यको अग्रणी भूमिकाको श्रेय भने तत्कालीन सुन तस्कार माडे गिरोह ग्याङलाई जान्छ । पत्रकारको खोल ओडी, वार्गेनिङ गरी आलोपालो वार्षिक भाडा बुझाइदिनु पर्ने शर्तमा केही थान हकर्स मिलेर राजधानीको पुतलीसडकस्थित प्राइम लोकेसनमा रिपोर्टर्स क्लव नामक संस्था खुल्यो । आफूलाई सहरको नामुद सम्वादाता वा रिपोर्टर भनाउने चिया, चुरेटे पत्रकारहरूले क्लव खोलेपछि नै आफ्नो पहिचान बनाए । योे कुरा धेरै पत्रकारहरूलाई नै थाहा छ तर मुख खोल्न र बोल्न चाहँदैनन् । किनकि त्यो पत्रकार क्लवमा यिनीहरूको पनि वर्चस्व कायम रहेको छ।

रिपोर्टर्स क्लव कथित गफ केन्द्रको हल हो । नेताहरूलाई पनि आफ्नो कुरा राख्न सरल र सहज अनि चिया, चना, चुरोट खाँदै चर्चा पनि पाईने र शौचालय पनि जान पाइने भएकाले उत्कृस्ट लोकेसन सेन्टर बन्यो। रेलको गोरखपुर प्लेट्फार्म जस्तै सबैका लागि उत्तम जक्सन बन्दै मौलायो ।

रिपोर्टर्स क्लव कथित गफ केन्द्रको हल हो । नेताहरूलाई पनि आफ्नो कुरा राख्न सरल र सहज अनि चिया, चना, चुरोट खाँदै चर्चा पनि पाईने र शौचालय पनि जान पाइने भएकाले उत्कृस्ट लोकेसन सेन्टर बन्यो। रेलको गोरखपुर प्लेट्फार्म जस्तै सबैका लागि उत्तम जक्सन बन्दै मौलायो । पत्रकारहरूलाई पनि राजदूतदेखि पार्टीका शीर्षस्त नेतासँग साँठगाँठ गाँस्न र सम्बन्ध राख्न पाएसम्म अनि रसाहारको चास्नी चाख्न पपयुक्त थलोको रूपमा विकसित भयो।

सुरुवाती दिनमै नेपालमा दूषित खेल खेल्लनको लागि भारतीय राजदूतहरूले यस थलोलाई भरपुर प्रयोग गरे । प्रयोग भए वापत प्रोप्राइटर ऋषि धमला नामका पात्र यति शक्तिशाली पत्रकार भए कि उनको पहुँच सिधा प्रधानमन्त्रीदेखि राजदूत हुँदै उच्च ओहोदा र दिल्ली दरबारसम्म पुग्यो । अन्तर्वार्ता लिएपछि रकमका लागि बिल पठाउनु उनको डफ्फाको मुख्य काम हो।

गाउँबाट राजधानीको सडकसम्म आउँदा धमलाले राम्रै पापड बेलेका छन् । सानो उमेरमा नै यस्तो पेशा गरेर नाम, दाम र सान हाँसिल गरेको बुझेपछि पार्र्टी निकट पत्रकारहरूको जमातले पनि यसरी नै डुप्लिकेसन र कपि पेस्ट गर्दै जिल्लाजिल्लामा सोसाइटी, सेन्टर, युनियन, चौतारी जस्ता औतारी राजनीतिक थर र गोत्र जोडेर पत्रकारका संगठन विस्तार गरे ।

२०४६ सालको जनआन्दोलनपछि प्रेस जगत्ले पाएको स्वतन्त्रताको भरपुर उपयोग गर्दै निजी क्षेत्रबाट सञ्चार उद्यममा कालो धनको प्रवेश भयो । पत्रपत्रिका, एमएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यम च्याउ उर्मेसरी उम्रिए । राजधानी केन्द्रित पत्रकारिता मोफसलमा पनि फस्टायो । नयाँ जमातीहरूको ठेलमठेल भीडभाड भयो।

‘हा हुमा हो’ भन्नेहरूको हुल बढ्दै गयो । तर पत्रकारितामा गुणस्तरीयता र व्यवसायिकता फस्टाउन सकेन । कालन्तरमा यिनै संघसंस्थाले नेतालाई कब्जामा लिए । चाटुकारिता चाहने नेताले पनि यस्ता संघसंस्थालाई मलजल गरे । कोटको रुमाल जस्तो बनाउने कमाल गरे । जो लागे तिनीहरू राजनीतिक दलका कार्यकर्ता भन्दा बढी शक्तिशाली हर्ताकर्ता बन्न सफल भए।

गाउँबाट चप्पल पढ्काएर बजारको डेरामा आएकाहरू एक दशक मै यतैका रैथाने भए । आलिसान महल, बैंक मौज्दात, कार अनि सानको अभिमान बनाए । आम्दानीको स्रोत र उद्यम केही देखिदैन, कर तिर्दैन् तर उसैको जीवनशैली भड्किलो र रवाफिलो देखिन्छ । अध्ययन, चिन्तन, मनन, समाचार लेखन गर्नै पर्दैन । यस्तै ‘मार्टिन टप्पर’ को जमातले वर्षैदेखि पार्टीमा आवद्ध आस्था, त्याग र निष्ठा बोकी हिँडेका साधारण कार्यकर्तालाई ओझेलमा पारे । राजनीतिक पार्टीका निष्ठावान, सज्जन र अग्रजलाई जुत्ताको सोलमा टाँसिएको प्वाँख जस्तो मात्रै ठाने । इमानका धरोहरहरू कुनै भित्तामा धकेलिएर रक्ताम्य भए । विस्तारै पार्टी नेताहरूसँग पत्रकारहरूको् साँठगाँठ, सेटिङ, मिटिङ, इटिङ, घुलमिल प्रेमिल बन्दै गयो ।

गाउँबाट चप्पल पढ्काएर बजारको डेरामा आएकाहरू एक दशक मै यतैका रैथाने भए । आलिसान महल, बैंक मौज्दात, कार अनि सानको अभिमान बनाए । आम्दानीको स्रोत र उद्यम केही देखिदैन, कर तिर्दैन् तर उसैको जीवनशैली भड्किलो र रवाफिलो देखिन्छ । अध्ययन, चिन्तन, मनन, समाचार लेखन गर्नै पर्दैन । यस्तै ‘मार्टिन टप्पर’ को जमातले वर्षैदेखि पार्टीमा आवद्ध आस्था, त्याग र निष्ठा बोकी हिँडेका साधारण कार्यकर्तालाई ओझेलमा पारे । राजनीतिक पार्टीका निष्ठावान, सज्जन र अग्रजलाई जुत्ताको सोलमा टाँसिएको प्वाँख जस्तो मात्रै ठाने । इमानका धरोहरहरू कुनै भित्तामा धकेलिएर रक्ताम्य भए । विस्तारै पार्टी नेताहरूसँग पत्रकारहरूको् साँठगाँठ, सेटिङ, मिटिङ, इटिङ, घुलमिल प्रेमिल बन्दै गयो ।

यसघडी पत्रकारहरू व्यावसायिक पत्रकारितालाई चटक्कै विर्सेर, तिलाञ्जली दिएर पार्टीका विभिन्न तहहरूमा चुनावी मैदानमा छन् । ‘जिते नेता हारे पत्रकार’ भन्ने मनसायले आफ्नो कर्म र धर्मलाई दरी मुनि दबाएर हिँडेका छन् । उनीहरू पत्रकारका नेता होइनन् नेता पत्रकार बनिरहेका छन् । नेता र पत्रकारका विचमा गाँसिएको सम्बन्ध कृपावाद हुँदै आशीर्वादमा नेतृत्व रूपान्तरणको विकास भइरहेको छ । पत्रकारिताको विश्वव्यापी मान्यता मुताविक संवैधानिक राज्यको चौँथो अङ्गले लगौंटी नै खोलेर लाजको पसारो देखाउनु बुद्धिमता हुँदैन् । राज्यका निर्देशित वैधानिक नीतिको परिधिमा रहेर पत्रकार आचारसंहिता अक्षरस पालना गर्ने हिम्मत र ल्याकत राख्नुपर्छ ।

पत्रकारिताको मर्यादा र व्यावसायिकतालाई केन्द्रमा राखेर यसको उन्नयन, विकास र समृद्धिमा योगदान दिने हैषियत बनाए नै भोलि पत्रकारिताको उच्च अध्ययन गरेर पत्रकारिता गर्न आउने पुस्ताले सम्मान, इज्जत र अभिनन्दन गर्नेछन् अन्यथा ‘वाचडग’ मानिने पत्रकारलाई विहारी शैलीमा ‘कुत्ता’को कित्तामा राख्नु दूर्भाग्य हुनेछ ।

पत्रकारिताको मर्यादा र व्यावसायिकतालाई केन्द्रमा राखेर यसको उन्नयन, विकास र समृद्धिमा योगदान दिने हैषियत बनाए नै भोलि पत्रकारिताको उच्च अध्ययन गरेर पत्रकारिता गर्न आउने पुस्ताले सम्मान, इज्जत र अभिनन्दन गर्नेछन् अन्यथा ‘वाचडग’ मानिने पत्रकारलाई विहारी शैलीमा ‘कुत्ता’को कित्तामा राख्नु दूर्भाग्य हुनेछ । पाठक, स्रोता र दर्शक त केवल चाहान्छन् आफ्नो प्रिय पत्रकारलाई समाजको रोड मोडेल भएको हेर्न…बन्ने होइन त तपाईं पनि रोड मोडेल ।

लेखक भण्डारीका निजी विचार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा आएको हो ।

कमेन्ट्स
Loading...