अभिमन्यु पाण्डे /
भर्खरै सकिएको स्थानीय स्तरकाे चुनावको रौनक सकिए लगत्तै संघ र प्रदेश चुनावको चटारो शुरु भएको छ। देशमा ठुला पार्टीहरुले पालै-पालो सरकार चलाउने र प्रतिपक्षकाे भूमिका खेल्ने देखि विभिन्न कालखण्डमा परिवर्तनको नाममा व्यबस्था मात्र परिवर्तन गरि अबस्था जस्ताको तस्तै राखेको तथ्य प्रष्ट छ।
पटक-पटक चुनाव हुने र छोटो समयमै सरकार परिवर्तन भैरहने प्रबृत्तिको अन्त्य सङ्गै प्रत्यक पाँच-पाँच बर्षमा चुनाव हुने व्यबस्था पनि आयो। तर, दीर्घकालीन सरकारले देश विकासमा फड्को मार्छ भन्ने जनताको ठूलो आशालाई निराश बनाउदै नेता मोटाउने जनता झन दुब्लाउने काम सिवाय अन्य केही भएन।
देश बिगार्छु , देश लुट्छु , देशलाई बेच्छु भन्ने सोच भने कुनै पनि पार्टीको होइन तर जसरी जनतलाइ कम्तिमा गाँस-बास, कपास, शिक्षा, स्वास्थको सुनिस्चिता गर्नु पर्ने हो र त्यति आधारभुत कुराको पनि जनताले आभास गर्न नपाउदा बिस्तारै जनताले आफैले अफैलाइ प्रश्न गर्न थालेका छन।
आफन्त र आसेपासेलाई सघाउने बाहेक कार्यक्षमता भएको काम गर्न सक्ने, देश लाई निकाससङ्गै विकास तर्फ उन्मुख गराउने सोच भएका जो कोहीले पनि कहैल्यै ठुला दलमा आफ्नो भुमिका देखाउन पाएनन् किनकी उनीहरुलाई अघि बढ्नै दिइएन । यति सम्म कि दलहरु भित्रै गुट उपगुट भएर हाम्रालाई बाहेक राम्रालाइ चुनावमै हराउने प्रबृति हावी भयो।
देश बिगार्छु , देश लुट्छु , देशलाई बेच्छु भन्ने सोच भने कुनै पनि पार्टीको होइन तर जसरी जनतलाइ कम्तिमा गाँस-बास, कपास, शिक्षा, स्वास्थको सुनिस्चिता गर्नु पर्ने हो र त्यति आधारभुत कुराको पनि जनताले आभास गर्न नपाउदा बिस्तारै जनताले आफैले अफैलाइ प्रश्न गर्न थालेका छन।
गएको स्थानिय तहको चुनावमा कुनै पनि दलमा आबद्ध नभएका र स्वतन्त्र रुपले उठेका जनप्रतिनिधिहरुलाई ठाउँ-ठाउँबाट जिताएपछी दलहरु प्रतिको वितृष्णा जनताले पोख्न थालेको पाइन्छ। राजनितिको केन्द्रबिन्दु राजधानिमै एक स्वतन्त्र व्यक्तिले मेयरमा जितेपछी बिसौ बर्षदेखि राजनितीमा लागेकाहरुले एकचोटि आफुले आफैलाइ प्रश्न गर्नुपर्ने भएकाे छ।
त्यो सङ्गसङ्गै आगामी केन्द्र र प्रदेशको चुनावमा पनि त्यस्तै महानगरहरुमा स्वतन्त्र उम्मेदवारहरुले जनतामा भएको वितृष्णा पोख्ने माध्यम आफ्नाे जितलाई बनाउदै थुप्रै सांसद जित्ने अाँकलन गर्न सकिन्छ।
त्यसै बिचमा स्थानिय तहमा स्वतन्त्रहरुको लहर र स्वतन्त्रहरुले ठाउँ-ठाउमा जितेको देखिसकेपछि संसद बन्ने र देशलाई विकास गर्ने मौका भन्ठानी अब ढिलो गर्नुहुन्न भनेर रबि लामिछानेले आफूसहित २१ जनाको कार्यसमिति निर्माण गरी स्वतन्त्रको सेन्टिमेन्ट समात्ने गरि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर चुनाव मा होमिने भएका छ्न्। हो पक्कै पनि देशले एउटा निकास खोजेको छ, लामो समयदेखिको पार्टीहरु प्रतिको आशा मर्दै गएपछी जनताले फरक र बैकल्पिक धारलाई समात्न खोज्नु भनेको बिकासकै अपेक्षा नै हो।
स्वतन्त्रको नाममा स्वतन्त्र पार्टीनै दर्ता भैसकेपछी जनता भने स्थानीय तहमा भन्दा संघ र प्रदेशको चुनावमा स्वतन्त्रहरुसँगै ससंकित हुन थालेका छन्। एका तिर रवी लामिछानेको पछि लाग्नेको ताँती छ भने अर्को तिर स्वतन्त्र उम्मेदवार भन्दै देशव्यापी रुपमा भटाभट उम्मेदवारी दिने काम शुरु भएकाे छ।
स्वतन्त्रको नाममा स्वतन्त्र पार्टीनै दर्ता भैसकेपछी जनता भने स्थानीय तहमा भन्दा संघ र प्रदेशको चुनावमा स्वतन्त्रहरुसँगै ससंकित हुन थालेका छन्। एका तिर रवी लामिछानेको पछि लाग्नेको ताँती छ भने अर्को तिर स्वतन्त्र उम्मेदवार भन्दै देशव्यापी रुपमा भटाभट उम्मेदवारी दिने काम शुरु भएकाे छ। आगामी चुनावबाट ठुला दलहरु कस्को कति सिट आउँछ भन्ने होडबाजीमा छन् भने अर्को तिर स्वतन्त्र पार्टी र स्वतन्त्र हरुनै मैदानमा उत्रीने पक्का पक्की छ।
देशकाे विकास गर्न पार्टी सुध्रिनु पर्छ र हाम्रोलाई होइन राम्रोलाई अघि बढाउनुपर्छ भनी देश भरिनै अभियान चलाउने अभियान्ता हरुसङ्ग सर-सल्लाह नगरि स्वतन्त्र नामलाई प्रयोग गरि रविले पार्टि दर्ता गरेर स्वतन्त्र पार्टीलाई स्वतन्त्रहरु बाटै खतारा हुने संकेत देखिएको छ। स्वतन्त्र पार्टीले कुन-कुन ठाउँ मा कोको उम्मेद्बार उठाउछ भन्ने थाहा नहुदै स्वतन्त्र हरुले थुप्रै ठाउँमा उम्मेदवारी दिएका छ। जस्को कारण बैकल्पीक धार स्वतन्त्र पार्टिलाइ ठुलै धक्का लाग्ने निश्चित नै छ।
नताले अपेक्षा गरेकाहरुनै एकले अर्कोलाई स्विकार्न नसक्ने हो भने राष्ट्रिय झन्डालाई गलबन्दी बनाउनेहरु बाट देश विकासको अपेक्षा गर्न सकिँदैन। साँच्चै देश परिवर्तन गर्ने हो भने स्वतन्त्र धार र बैकल्पिक शक्तिले एकै ठाउँबाट यात्रा तय गर्नुपर्छ। त्यसपछि सिंहदरबार पस्न पर्खन पर्दैन। नत्र उही हात्ती आयो हात्ती आयो फुस्सा
यसरी वैकल्पिक धार र स्वतन्त्रहरु आफै-आफै मपाइ भन्दै जाने हो भने भै रहेको पार्टी र हुन लागेको पार्टीमा खासै फरक हुने देखिदैन। हुन त ठुला पार्टी प्रतिको वितृष्णा पोख्ने जनता को एउटै माध्यम बनेको वैकल्पिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टि,को राम्रै भोट आउला तर स्वतन्त्र हरु जुन अभिप्रायले देश निर्माणमा अघि बढ्न खोजिरहेका थिए त्यो वास्तविकता राष्ट्रिय स्वतन्त्र पार्टिले बुझ्न ढिलाइ गर्दा जनतालाई अफ्ट्यारो परेसङ्गै ठुला दललाइ शितलो महशुस भएको छ। राष्ट्रिय झण्डालाई काँधमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र हरु छुट्टा छुट्टै मैदानमा उत्रने हो भने देशले पुन: सास फेर्न लामै समय पर्खन पर्नेछ।
जनताले अपेक्षा गरेकाहरुनै एकले अर्कोलाई स्विकार्न नसक्ने हो भने राष्ट्रिय झन्डालाई गलबन्दी बनाउनेहरु बाट देश विकासको अपेक्षा गर्न सकिँदैन। साँच्चै देश परिवर्तन गर्ने हो भने स्वतन्त्र धार र बैकल्पिक शक्तिले एकै ठाउँबाट यात्रा तय गर्नुपर्छ। त्यसपछि सिंहदरबार पस्न पर्खन पर्दैन। नत्र उही हात्ती आयो हात्ती आयो फुस्सा !!!
