सुचना, समाचार र मनोरन्जन

आँधीघाटमा जल्न नपाएकी वृद्धा र अनुत्तरित प्रश्नहरु

  •  
  •  
  •  
  •  

युवराज पौडैल /

 कोरोनाको दोस्रो लहरले हामी नेपालीलाई पनि छाडेन । हामी सबै यसबाट धेरै थोरै प्रभावित भयौँ र भएकौ छौँ । कतै अलि बढी प्रभाव छ त कतै अलि कम छ । तर प्रभाव नभएको लगभग कुनै ठाउँ नै छैन । मृत्युहरु भइरहेका छन् । अस्पतालमा अक्सिजन र भेन्टिलेटर तथा बेडहरुको अभाव हुन थालेको छ । प्रयासहरु पनि जारी छन् तर साधन र स्रोतको कमीका कारण भनेजस्तो व्यवस्थापन गर्न सकिएको छैन ।
यहाँ मैले उठाउन खोजेको कुरा कुनै व्यक्ति र ठाउँ विशेषको मात्र होइन, कोरोना कालमा देखिएका समग्र अमानवीय प्रवृत्तिप्रतिको सौम्य आक्रोस हो भनेर बुझ्दा उपयुक्त होला ।

भविष्यमा यसप्रकारका संवेनदनहीन र अराजक व्यवहार कतैबाट नदेखियून् भन्ने पवित्र उद्देश्यबाहेक पङ्क्तिकारसँग अरु कुनै निजी आग्रह र स्वार्थ छैन । यसमा कसैप्रति लक्षित गरेर कुनै समुदाय विशेषको मानहानि गर्न खोजिएको पनि होइन । एउटा विवेकी र सचेत मानिसले समाज गलत दिशातिर जाँन लाग्दा ठीक ठाउँमा डोर्‍याउन भूमिका खेल्नुपर्छ, खेलेन भने उसको विवेक र ज्ञान भुत्ते भएको प्रमाणित हुन्छ भन्ने मान्यताका साथ आफैले सबैभन्दा पहिला उठाएको विषयको साङ्गोपाङ्ग विश्लेषण प्रस्तुत गर्न चाहेको छु । घटना सन्दर्भका धेरै कुराहरु बाहिर आइसकेकाले सबै कुरा भनिरहनु आवश्यक पनि देखिन्न । उनी विगत दुई वर्षदेखि थला परेकी थिइन् ।

उनको मृत्यु जति स्वभाविक थियो, त्यो भन्दा बढी अस्वाभाविक माहोल बाहिरी वातावरणमा व्यप्त थियो । समाजमा कोरोनाको सन्त्रास फैलिई रहेको थियो । ज्वरो आउँदा वा खोक्दा पनि मान्छे तर्केर हिँड्न थालिरहेका थिए । यतिबेला हाम्रो जिन्दगी पिसिआर परीक्षण र एन्टिजेनमा झुन्डिएजस्तो भएकै छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो । वास्तवमा मान्छेको सपनाहरु एन्टिजेनमा नै अल्झिरहेका छन् जस्तो भइरहेको छ ।

उनी बिरामी नै थिइन् । बुढेसकालको ज्यान त्यसै पनि गाह्रो हुनु स्वभाविकै थियो । उनको दिसा पिसाबसमेत तर्काउने अवस्था थिएन । तर यो अवस्था र कोरोनाको कुनै सम्बन्ध थिएन । लामो समयदेखि थलिएकी उनको अन्ततः जेठ ५ गते बिहान सात बजेतिर प्राणपखेरु उड्यो । उनले देहत्याग गरिन् । यो स्वभाविक मृत्यु नै थियो । उनको मृत्यु जति स्वभाविक थियो, त्यो भन्दा बढी अस्वाभाविक माहोल बाहिरी वातावरणमा व्यप्त थियो । समाजमा कोरोनाको सन्त्रास फैलिई रहेको थियो । ज्वरो आउँदा वा खोक्दा पनि मान्छे तर्केर हिँड्न थालिरहेका थिए । यतिबेला हाम्रो जिन्दगी पिसिआर परीक्षण र एन्टिजेनमा झुन्डिएजस्तो भएकै छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो । वास्तवमा मान्छेको सपनाहरु एन्टिजेनमा नै अल्झिरहेका छन् जस्तो भइरहेको छ । परिवेशले मान्छे जीवनमुखी भन्दा मृत्युमुखी भइरहेको जस्तो देखिँदै गएको छ । जीवन नचलेजस्तो, कतै हराएजस्तो, मृत्युको सन्नाटा छाएजस्तो, अचम्मको मौनता र शून्यतामा जीवन अल्झिएजस्तो अनुभुति सबैतिर भइरहेको छ । वृद्ध आमाको मृत्यु ठीक यही परिवेशमा भएको थियो ।

मान्छे मरेपछि मान्छेको भौतिक शरीरलाई आआफ्नै विधिअनुसार दाहसंस्कार वा अन्तेष्टि गर्ने परम्परा हरेक समुदाय र सम्प्रदायमा हुन्छ नै । यहाँ पनि त्यही हुँदै थियो । तर छिमेकमा कोही थिएनन् । अलिअलि बुढाखाडा मान्छेहरुको जमात थियो, जो कोरोना सन्त्रासले भित्रभित्रै भयभित थिए, तिनीहरुले छिमेकको धर्म निवाउने बाध्यताले मात्र त्यहाँ उपस्थित भएका थिए । आफ्ना भन्नेहरु तराईतिर थिए, मन खाएर काम गरिदिने दाजुभाइ यहाँ खासै थिएनन् तैपनि हृदयमा हरि भएका केही बुढाहरु जम्मा भए । बुढीको शव खोलामा लैजाने कुरा भयो । मलामी पनि पुर्‍याउन गाह्रो हुने भो । जताततै बन्द छ । कोही आउने स्थिति छैन । गाउँमा मान्छे छैन । भएका पनि कोरोनाको डरले आउन खोज्दैनन् । बुढीलाई कसरी जलाउने होला भन्ने पिरले एक दुई वृद्धहरु चिन्तित देखिन्थे ।

शवभन्दा पहिला दाउराको जोहो गर्नुपर्थ्यो । दाउराको जोहो गरियो । पहिले पहिले जस्तो भए सबैले घर घरबाटै दाउरा ल्याउँथे । तर त्यस्तो स्थिति थिएन । दाउरा आँधीघाटसम्म लैजान पनि गाह्रो हुने भयो । त्यसैले ट्याक्टर खोजौँ भन्ने भयो । ट्याक्टरमा बल्लबल्ल दाउरा हालियो । दाउरा लिएर ट्याक्टर खोलामा गयो । समस्या यतिबेला बल्झियो, जतिबेला घाटमा लगिएका दाउराहरु ट्याक्टरबाट सजिलै बिसाउन पाइएन । फलानो कोरोना भएको घरकी बुढीलाई ल्याउँदैछन् रे, हामी सबै मिलेर यिनीहरुलाई लखेट्नुपर्छ । एक महिला भीडबाट उत्तेजित हुँदै थिइन् । होइन अरु त छेक्न सकिएला तर धुँवा छेक्न त सकिँदैन नि ।

संसारमा त्यस्तो कुन छोरा होला र, जसले जन्मदिने आमाको मृत्युमा राम्रो मानोस् । सुखको अनुभूति गरोस् । गर्ने कुरा पनि भएन । त्यसैमाथि अघिल्लो दिन कोभिड पोजेटिभको रिपोर्ट आएपछि गाउँभरि उनका कुरा काटिन थालेका छन् । फलानो घरका दुवै जोईपोइलाई कोरोना भएछ । त्यतातिर नजा है बाबू । एक जना माथिल्लो घरका छिमेकीले आफ्ना छोरालाई भन्दै थिए ।

हामी सखापै भएर यिनीहरुलाई सजिलो पार्न सकिँदैन । अर्की एक अधवैंसे महिलाले औँलो ठड्याउँदै पाखुरा सुर्किन् । भोलि यही बाटो भएर खेतमा मेलापात गर्नुपर्छ । बिउ राख्ने बेला भाछ । मकै पाक्छन् । मकै बोक्न यही बाटो जानुपर्छ । हामी कसरी हिँड्ने यो बाटो  एक भुस्तिघ्रे जस्ता देखिने पुरुष बोल्दै थिए । ट्याक्टरको ड्राइभर अलमलमा पर्‍यो । अब के गर्ने त रु बुढीले त सके देउघाट नसके राम्दी लैजाने भनेकी थिइन् । राम्दी लैजाने स्थिति नभए पनि आँधीघाटमा जलाएर अस्तु राम्दी लैजानुपर्छ । एक सन्तजस्ता देखिने पुरुषले भन्दै थिए । उता कोरोना पोजेटिभ देखिएर त्यसै हतास भएका वृद्ध आमाका सोझा पुत्र विलखबन्दमा थिए । धेरै वर्ष लाहुर बसेकाले यताको त्यति मेसो नपाउने भएकाले पनि उनी त्यसै अलमलमा परे जस्ता देखिन्थे । उनी विरक्तमा परिरहेका थिए ।

संसारमा त्यस्तो कुन छोरा होला र, जसले जन्मदिने आमाको मृत्युमा राम्रो मानोस् । सुखको अनुभूति गरोस् । गर्ने कुरा पनि भएन । त्यसैमाथि अघिल्लो दिन कोभिड पोजेटिभको रिपोर्ट आएपछि गाउँभरि उनका कुरा काटिन थालेका छन् । फलानो घरका दुवै जोईपोइलाई कोरोना भएछ । त्यतातिर नजा है बाबू । एक जना माथिल्लो घरका छिमेकीले आफ्ना छोरालाई भन्दै थिए । अब तल धारातिर पनि नझर । बरु खोलाबाट दुई पाइला बढी हिँडेर पानी ल्याए हुन्छ । त्यो घरतिर कोही गयो भने त्यो व्यक्तिले यो घरमा खुट्टा नटेक्लाु एक जना भूपू सैनिकजस्ता देखिने घर मालिकले परिवारमा निर्देशन दिँदै थिए । बुढीको लास आँगनमा राखेर छलफलमा जुटेका पञ्च भलादमीका तर्क वितर्क टुङ्गिने कुनै छाँट देखिएन । खोला नै मेरो होु जस्तो गरी पारीतिरका मानिसहरु जाइलागिरहेका थिए ।

खेत त वारिका मान्छेको पारी, पारीका मान्छेको वारि पनि थियो । बिचमा आँधी, वारिपारी गाउँ भएपछि यस्तो हुने नै भयो । भद्रभलाद्मीको पञ्चायतमा पनि शक्ति हुने सत्ताका तालुकधारहरुकै बोलवाला हुने नै भयो । गरिब र निरीह परिवारको पिर व्यथालाई लिएर कसैले जोखिम मोल्ने कुरा पनि भएन । जनप्रतिनिधिले धर्म निवाए । छलफल गर्ने तर कसैलाई सकभर नचिडाउने सन्त नीतिबाट समाधान निकाल्ने उनीहरुको योजना बनेको देखियो । यो स्वाभाविक पनि थियो । उनीहरुलाई भन्नू केही थिएन । पञ्चायतका प्रमुखले सकभर साँप पनि मरोस् लठ्ठी पनि नभाँचियोस् भन्ने उपायबाट समाधान निकाल्ने प्रयास गरिरहे । तर बुझ्नेले कुरो नबुझेपछि कसले के नै गर्न सक्छ र रु कोरोना सन्त्रासले मान्छे पागल भइरहेका थिए । मान्छेभित्र मानवता होइन, राक्षसीपन निक्लिरहेको थियो ।

अब त केही उपाय गर्नैपर्छ। अरु केही मानिसले पनि भने । स्वास्थ्य मापदण्डसहितको भीडबाट अर्को मान्छेले भन्यो, बुढीको आत्माले सराप्ने भयो । केही त गर न ठिटा हो । यो त बरबाद हुने भयो । त्यसपछि एउटा नेताजस्तो देखिने मानिसले भन्यो, ल म दिन्छु बुढीलाई जग्गा । अब जलाउने स्थिति भएन । त्यही तल डोजर ल्याऊँ र खाल्डो खनौँ । हुन्छ हुन्छु भनेर सबैले हो मा हो मिलाए ।

ती युगौ बाँच्ने कालमाथिका अजीवका धर्तीपुत्र हामी नै हौँ जस्तो गरी प्रस्तुत भइरहेका थिए । शव ल्याउन नदिने एक मात्र उद्देश्यमा तिनीहरु भूतझै एकोहोरिएका थिए । कसैले सम्झाएर सम्झिने स्थिति पनि थिएन । पञ्चायत प्रमुखले गरेको इमानदार प्रयास भयभित र आक्रोसित मनस्थितिका अगाडि भुत्ते भइरहेको थियो । अब एकमात्र उपाय थियो, राज्य लगाएर ठेगान लगाउने । पुलिस, सेना लगाएर भीडलाई नियन्त्रणमा लिने र शव दाहसंस्कार तोकिएकै घाटमा गर्ने । तर यो उपायतिर जाँदा पनि झनै भीडभाड र घम्साघम्सी भएर सङ्क्रमण झन बढ्ने र त्यो दीर्घकालीन रुपमा झनै घातक हुन सक्थ्यो । बुद्धिमान अध्यक्षले यो उपायतिर जानु पनि ठीक मानेनन् । ुत्यसो भए अब एउटा उपाय त निकाल्नु पर्‍यो नि । एक भद्रले भने । साँझ पर्न थालिसक्यो । बुढीको शव अलपत्र पर्ने भयो ।

अब त केही उपाय गर्नैपर्छ। अरु केही मानिसले पनि भने । स्वास्थ्य मापदण्डसहितको भीडबाट अर्को मान्छेले भन्यो, बुढीको आत्माले सराप्ने भयो । केही त गर न ठिटा हो । यो त बरबाद हुने भयो । त्यसपछि एउटा नेताजस्तो देखिने मानिसले भन्यो, ल म दिन्छु बुढीलाई जग्गा । अब जलाउने स्थिति भएन । त्यही तल डोजर ल्याऊँ र खाल्डो खनौँ । हुन्छ हुन्छु भनेर सबैले हो मा हो मिलाए । यसपछि डोजरले एउटा मानिस अट्ने ठीकैको खाल्डो खन्यो । खाल्डो खनिसकेपछि दाउरा ल्याएर फर्केको ट्याक्टरको ड्राइभरलाई बोलाउने कुरा भयो । भर्खरैसम्म यतै भएको ड्राइभर अहिले हरायो । यताउति खोजियो कतै छैन । उसले भेउ पाइसक्यो होला ।

अब बुढी बोक्नुपर्छ भन्ने ठान्यो र कुलेलाम ठोक्यो । फोन उठेन । अब के गर्ने त भन्ने हुँदा हुँदै घर नजिकै जहाँ हुन्छ त्यहीँ गाड्ने भन्नेतिर सबै लागे । आखिर यही निर्णय भयो । अनि घरभन्दा थोरै तल खोल्साजस्तोमा खाल्डो खनियो र पवित्र देउघाटमा जल्ने इच्छा भएकी वृद्धालाई घरकै आँगन अगाडि गाडिनु पर्‍यो । उनलाई नियतिले नराम्रोसँग ठग्यो नै समाज र परिवेशले पनि उनको देवघाट वा आँधीघाटमा जल्ने अन्तिम अभिष्ट पूरा हुन दिएन । दुष्ट मानवहरुले वृद्ध आमाको मृत शवमाथि गम्भीर अपराध गरे । सबैलाई नमज्जा भयो । छोरा, बुहारी, नाति नातिना सबैलाई आँखाको पाप देख्नु भयो । घर नजिकै आमालाई छपनीले पुरेर पुर्पुरोमा हात लगाएर कोराभित्र बसेका छोरालाई कस्तो अनुभूति भयो होला भनेर अनुमानसम्म गर्दा पनि जिउ गलेर आउँछ । उनका लागि संसार बिरानो लागिरहेको थियो ।

जन्म दिने आमाका कति जिउँदै हुँदाका इच्छा पूरा गर्न नसके पनि मृत्युपछि पनि सनातनी धर्म पूरा गर्न पाइएन भन्ने पिरलोले उनलाई सताइरहेको थियो । छोरा, बुहारी, नाति, नातिना सबै भन्दै थिए, समाजमा मानवता हराएछ । कसैमा मानवता देखिएन । न्यूनतम मानवीय व्यवहार पनि नभएकोमा सबै दुःखी थिए ।

जन्म दिने आमाका कति जिउँदै हुँदाका इच्छा पूरा गर्न नसके पनि मृत्युपछि पनि सनातनी धर्म पूरा गर्न पाइएन भन्ने पिरलोले उनलाई सताइरहेको थियो । छोरा, बुहारी, नाति, नातिना सबै भन्दै थिए, समाजमा मानवता हराएछ । कसैमा मानवता देखिएन । न्यूनतम मानवीय व्यवहार पनि नभएकोमा सबै दुःखी थिए । यो पङ्क्तिकारलाई अघिल्लै दिन सुनेको घटनाले रातभरि निदाउनै दिएको थिएन । आमालाई घाटमा पोल्न नपाएका ती अभागीहरुलाई भेटेर सान्त्वना नदिएसम्म भित्रबाट सन्तुष्टि नै मिलिरहेको थिएन । के के नमिले जस्तो भइरहेको थियो । यसैले सुरक्षित हुँदै हामी वृद्ध आमाका सन्ततिहरुलाई भेट्न समेत गयौँ । यसमा पङ्क्तिकारको कुनै स्वार्थ थिएन, थियो त केवल मानवताको नातामात्र । भोलिपल्ट हामी जाँदा पनि उनीहरु निन्याउरो अनुहार लिएर विलौना गरिरहेका थिए ।

हामी जाँदा उनीहरु थलामा काम गरिरहेका थिए । त्यहाँ केही बुढाहरु मात्र देखिन्थे । हामीले उनीहरुलाई सम्झायौँ । सान्त्वना दियौँ। कपडाका मास्क लगाउनुभएका बुबाहरुलाई मेडिकल मास्क लगाउनुहोस् भनेर सल्लाह दियौँ । केही थान हामीसँग भएका मास्क र सेनिटाइजर दिएर छाड्यौँ । ुसमस्या पर्दा हामीलाई सम्झनुहोलाु भनेर ढाडस दियौँ, तर हामी केही गर्न सक्ने हैसियतका प्राणी भने थिएनौँ । वास्तवमा जे भयो, त्यो हृदयविदारक नै थियो । सबैले भन्दै थिए, मानिसलाई यस्तो कसैलाई नपरोस् । छिमेकी यस्ता कसैका नहून् । कोही भन्दै थिए, ुबुढी मरी भनेर नरुनू काल पल्क्यो भनेर रुनू । अझै रोचक कुरा त के थियो भने त्यो गाउँभन्दा माथि जाने मूल बाटोमा काँडा लगाएर बार लगाइएको थियो ताकि त्यस घरबाट मानिसहरु माथिल्लो गाउँमा जान नपाऊन् ।

यस्तो बेलामा मैले के सहयोग गर्न सक्छुु भनेर सोच्नुपर्ने होइन र भोलि कसैले घाट नदिने, कसैले औषधी नदिने, कसैले उपचार गर्न नमान्ने, कसैले एम्बुलेन्समा बोक्न नमान्ने हो भने स्थिति के होला  कसरी बचाउन सकिएला धर्तीका करोडौँ मानिसलाई  यी मानिसहरुले झैं गर्ने हो भने त संसार कसरी चल्ला

अरुले भनेको पत्यारै लागेको थिएन, जब आफ्नै आँखाले देख्यो तब नपत्याइकन धरै थिएन । अनि भन्न मन लाग्यो, आज अरुमाथि जसरी खनिएका छौु भोलि तिमीलाई पनि यस्तै पर्दा के गर्छौ रु के तिमीलाई दुःख पर्दैन रु के तिमीहरु कालमाथिका हौ रु कम्तीमा तिमी घाटमा जल्न नपाएकी आमाको छोरा भएर एकपटक आफूलाई नियालेर हेर त  के तिमीलाई यस्तो व्यवहार भएको भए पीडा हुँदैनथ्यो र यसै त महामारी छ, झन मानिसले खडा गर्ने महामारीहरुले सङ्कटमाथि सङ्कट थपेर समाजमा समस्या निम्ताउने काम गर्नु राम्रो हो र  यस्तो बेलामा मैले के सहयोग गर्न सक्छुु भनेर सोच्नुपर्ने होइन र भोलि कसैले घाट नदिने, कसैले औषधी नदिने, कसैले उपचार गर्न नमान्ने, कसैले एम्बुलेन्समा बोक्न नमान्ने हो भने स्थिति के होला  कसरी बचाउन सकिएला धर्तीका करोडौँ मानिसलाई  यी मानिसहरुले झैं गर्ने हो भने त संसार कसरी चल्ला त यो कोरोना घडीमा  अनि एउटाले अर्काको मृत्यु हेरिरहने हो भने बाँचेर पो के नै अर्थ भयो र  बाँच्नु सास फेर्नु मात्रै हो भने त कुरा एउटा हो, नत्र आफू बलियो हुँदाहुँदै आफूभन्दा कमजोर र निर्बलियालाई केही पनि सहायता गर्न नसक्ने जीवनको के नै मूल्य भयो र  यस्तै अनेकौ अनुत्तरित प्रश्नहरुले मेरो मथिङ्गल केही दिन यता निरन्तर बिथोलिरहेका छन् ।

सायदः आजसम्म यी प्रश्नहरुको यथोचित उत्तर कतैबाट पाउन सकेको छैन ।

/९८४६१०४४९२

कमेन्ट्स
Loading...