सुचना, समाचार र मनोरन्जन

कोरोनाले कैद गरिएको मन

  •  
  •  
  •  
  •  

अस्मिता पराजुली /

संक्रमित स्वास्थ्यकर्मिहरु मध्यको गणनामा जोडीन पुगीए म पनि । एकदम सचेत भएर पिपिई लगाएर संक्रमित र संभावित संक्रमित बिरामीहरुको प्रत्यक्ष्य सम्पर्कमा गएर कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने ल्याब टेक्नीसियनको रूपमा कार्यरत छु म । हामी सबै स्वास्थ्यकर्मिहरु कुनै न कुनै दिन पोजिटिभ आउनेछौ भनेर मनलाई दर्हो बनाएर निरन्तर रूपमा आफ्नो काम गरिरहेका हुन्छौ । ड्युटी सकेर घरमा जादाको डरले असाद्दै मन चिसो बनाउछ ।

जसरी भए पनि म पोजिटिभ भैसकेकी थिएँ, अब आफूले आफूलाई सम्हाल्दै मन दह्रो बनाउनुको विकल्प थिएन । आत्मबल निकै दह्रो बनाएर अघि बढें । म छुट्टै बस्दा पनि २-३ दिनसम्म परिवारलाई केही लक्षण देखिएको छ कि छैन त्यसमा नै ध्यान गईराख्यो ।

घरमा साना बाबुहरु र घरका परिवारहरुसँग एकदम मन खोलेर घुलमिल सकिदैन । कोभिड कहरको व्यस्तातामउ शरीरले पनि आरामको अपेक्षा गरिरहेको बेलामा मलाई पनि कोरोनाको सामान्य लक्षणहरु देखिन थाल्यो । कामको थकान होला भन्ने महसुस भयो। त्यसपछी रुघा लाग्ने घाटी खसखस हुन थाल्यो । अनी स्वाब परीक्षण गरे । डिउटीमा सबैजनाले जानकारी पाइहाल्नुभयो । मलाई अस्पताल बाट पोजिटिभ भएको खबर आएपछि सर्बप्रथम आफ्नो श्रीमानलाई सुनाएँ, त्यसपछि घरको माथिल्लो तल्लाको एउटा कोठामा आफैंलाई आइसोलेट गरें । जसरी भए पनि म पोजिटिभ भैसकेकी थिएँ, अब आफूले आफूलाई सम्हाल्दै मन दह्रो बनाउनुको विकल्प थिएन । आत्मबल निकै दह्रो बनाएर अघि बढें । म छुट्टै बस्दा पनि २-३ दिनसम्म परिवारलाई केही लक्षण देखिएको छ कि छैन त्यसमा नै ध्यान गईराख्यो ।

कसैलाई पनि केही लक्षण नदेखिएकोले ढुक्क भइयो, सबैजना । त्यसपछि रुघा खोकी झन बढी भयो । तेस्रो दिन सुक्खा खोकी लाग्न थाल्यो । अनी चौथो दिनबाट सातौ दिन सम्म शरीरमा एकदम नै कमजोरी महसुस भयो। त्यसपछि बल्ल शरीरमा हल्का उर्जा थपिए जस्तो आभास भयो। शरीरलाई जबर्जस्ती जागरिलो बनाउछु भनेर सकि नसकी योग गर्न थाले तर शरीरलाई मनको बसमा लिएर आउन सकिदो रहेनछ । एउटा कोठामा दिन–रात एक्लै बस्नु पर्दा कष्टकर नै भयो । आठ दिनदेखी बल्ल जागर चल्न थाल्यो । आइसोलेसनका हरेक दिन मैले एक प्रकारको रुटिन नै बनाएकी थिएँ, जसमा मेरो परिवारले मलाई निकै ठूलो साथ दिएको थियो । बिहान उठेर मनतातो पानीमा नुन हालेर कुल्ला गर्थें । त्यसपछि २-३ दिनसम्म मात्र तातो पानीको बाफ लिए । अनि तागतिलो खानाहरु, दुध र मह आदी खान्थे ।

रातिको खाना अनि सुत्ने बेलामा ज्वानो, मरिच, पिपला , अलैची, अम्बाको पात, अदुवा, तुलसीको पात, जीरा , एस्थिमधुको पाउडर , गुर्जो, दालचिनीको पाउडर हालेर उमालेको तातो पानी लिएर आइदिनुहुन्थ्यो, त्यो पिउथे । अक्सिमिटरले ६।७ घण्टाको फरकमा अक्सिजनको मात्रा नाप्ने गर्दथे । मलाई ज्वरो भने आएको थिएन । ज्वरो आउला जस्तो लागेमा सिटामोल खाईहाल्नु राम्रो हुन्छ ।

एकछिन शारिरिक व्यायाम गर्थे । सुरुको ३ दिन ब्यायाम गर्न सके पनि ४ दिन देखी ७ दिन सम्म शरिरमा कमजोरी महशूस भएकोले व्यायाम गर्न गाह्रो भईरहेको थियो । त्यसपछि बिहानको खाना खान्थें । बारम्बार मन तातो पानी पिऊथे । दिउसो मनतातो पानीमा मह र कागती निचोरेर पिएँ । त्यसपछि खाजा, खाजा खाएपछी मन भुलाउन केही चित्रहरु कोर्थे , केही फिलिमहरु हेर्थे । साझ पख कोठा बहिर १५ मिनेट जती हावा खान निस्किन्थे । रातिको खाना अनि सुत्ने बेलामा ज्वानो, मरिच, पिपला , अलैची, अम्बाको पात, अदुवा, तुलसीको पात, जीरा , एस्थिमधुको पाउडर , गुर्जो, दालचिनीको पाउडर हालेर उमालेको तातो पानी लिएर आइदिनुहुन्थ्यो, त्यो पिउथे । अक्सिमिटरले ६।७ घण्टाको फरकमा अक्सिजनको मात्रा नाप्ने गर्दथे । मलाई ज्वरो भने आएको थिएन । ज्वरो आउला जस्तो लागेमा सिटामोल खाईहाल्नु राम्रो हुन्छ ।

अस्पतालमा संक्रमित बिरामीहरुको स्वाब सन्कलन गर्न आइसोलेसन वार्डमा जादा हतासिएका बिरामीका कुरुवाहरु , आतिएका बिरामीहरु र श्वासको डोरिलाई धान्न नसकेर मृत्युको मुखमा पुग्न लागेका बिरामीहरुको दृश्यले मनमा सार्है चिसो पस्छ ।

बढी गाह्रो भएमा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । यसक्रममा मलाई परिवारको साथ, माया र सहयोगले ठूलो उर्जा प्रदान गर्यो । घर परिवारबाट प्राप्त माया र हेरचाहले चाडै नै सुधार हुँदै छ । त्यसक्रममा मैले एउटा उपन्यास पनि अध्ययन गरें, गित संगितहरु सुने । साथीभाइ र आफन्तले गर्ने फोनमा कुराकानी गरें । कहिलेकाहिं त धेरै फोन आएर दिक्क पनि लाग्थ्यो, तर सम्झेर फोन गर्नु भएकोमा खुशी हुँदै कुराकानी गरें । अस्पतालमा संक्रमित बिरामीहरुको स्वाब सन्कलन गर्न आइसोलेसन वार्डमा जादा हतासिएका बिरामीका कुरुवाहरु , आतिएका बिरामीहरु र श्वासको डोरिलाई धान्न नसकेर मृत्युको मुखमा पुग्न लागेका बिरामीहरुको दृश्यले मनमा सार्है चिसो पस्छ ।

कोही बिरामी र उँहाहरुका कुरुवाहरुलाई स्वास्थ्यकर्मिहरुले नै आत्मबल दह्रो गर्नको लागि प्रोत्साहन गर्नुपर्थ्यो त कोही बिरामीका कुरुवाहरुले स्वास्थ्यकर्मिहरुलाई दिनुभएको हौसलाले काम गर्न उत्प्रेरणा मिल्थ्यो । कोरोना भगाउनका लागि हरेक संक्रमितले आफ्नो आत्मबल दह्रो बनाउनु पर्ने रहेछ भन्ने कुरा मैले अनुभव गरें । संक्रमितलाई परिवार, आफन्त तथा साथीभाइको हौसलाको पनि ठूलो खाँचो पर्ने रहेछ । यसका साथै खानपिनमा ध्यान दिँदै तालिका बनाएर खाने र पिउने गरेमा पनि कोरोनालाई सजिलै भगाउन सकिने रहेछ भन्ने अनुभव गरें । यसैक्रममा भेरी अस्पतालमा बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि कुटपिट र हातपात गरेको खबरले स्वास्थ्यकर्मिको सुरक्षा राज्यले गर्न नसकेकोमा दुस्ख लाग्यो ।

यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो ।

यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो । त्यसैले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेण्टी सरकारले गर्न सक्नुपर्छ । आफन्त गुमाउदाको पिडामा यस्तो अवस्थामा सम्यमता र धैर्य अपनाउनुपर्छ ,कुनै पनि स्वास्थ्यकर्मिलाई बिरामीको मृत्यु हेर्ने रहर हुँदैन सकभर बिरामीलाई बचाउने कोसिस तर्फ लाग्छन। धेरै विस्वविद्यालय , संस्थाबाट वर्षौ नयाँ नयाँ दिक्षित विद्यार्थीहरुको उत्पादन भईनै रहदा पनि हाम्रो देशमा स्वास्थ्य क्षेत्रमा दुरगामी सोचको कमी रहेको पाए ।

सबैको मनोबल दर्हो हुँदैन, निरुत्साहित नबनाउ संबेदनसिल होउ । सुरक्षीत बसौं, अरुलाइ परेको पिडा भोली आफुलाइ नि पर्न सक्छ सबैको पीडा बुज्ने कोशिस गरौ । सरकारले घोषणा गरेको लकडाउनको तथा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौं ।

पर्याप्त रूपमा सरकारले स्वास्थ प्राविधिक जनशक्तिहरू व्यवस्थापन गरेको भए अहिले महामारीमा जनशक्तिको समस्या हुने थिएन जस्तो लाग्छ । सामाजिक सन्जालको प्रयोग गर्दा बिभिन्न ब्यक्तिहरुले अयखष्म ले ज्यान गुमाउनुपरेका हरुको फोटो पोस्ट गरेर अयखष्म बाट लडिरहेकाहरुलाइ हौसला प्रदान गर्नुको साटो निरूत्साहित गर्नुभएको जस्तो लाग्यो । बितेका मानिसको आफन्त आइसोलेसनमा हुनुहुन्छ किरु उहाँले यो सामाजिक सन्जाल अरु जानकारी लिन को लागि नि चलाउनुहुन्छ  परिवारको कोही सदस्य मुटुको बिरामी हुनुहुन्छ , सम्हालिन सक्नुहुन्न किरु भनेर परिवारबाट नै नभनिएको अवस्थाहरु नि हुन्छन, त्यसैले यस लेखबाट पनि भन्न चाहन्छु कि मृत्‍युको खबर आफ्नै परिबारका सदस्यले जानकारी गराउन दिदा राम्रो हुन्छ ।

सबैको मनोबल दर्हो हुँदैन, निरुत्साहित नबनाउ संबेदनसिल होउ । सुरक्षीत बसौं, अरुलाइ परेको पिडा भोली आफुलाइ नि पर्न सक्छ सबैको पीडा बुज्ने कोशिस गरौ । सरकारले घोषणा गरेको लकडाउनको तथा अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौं । मेरो अनुभब कसैको लागि प्रेरणा र हौसला मिल्ने हुन सक्छ कि भनेर अनुभब सेयर गरेको छु । आज दशौ दिनमा शरीरमा अली स्फुर्ती आएपछी फेरी स्वाब पररिक्षण गर्न दिएको छु । रिपोर्ट नेगेटिभ आएपछी शरीरमा उर्जा जगाउदै स्वास्थ्यकर्मिको नाताले सेवा नै धर्म हो भनेर काममा फेरी फर्किनु छ । हजुरहरुको स्वास्थ्यकर्मिलाई हौसला प्रदान गर्ने मन अगाडि बढोस् र कोरोना विरुद्धको यस युद्दलाई परास्त गर्ने शक्ती भगवानले प्रदान गरुन् ।

लेखक अस्मिता पराजुली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा रामघाटमा ल्याव टेक्निसियन पदमा कार्यरत रहि विरामीको नमुना संकलन कार्यमा खटिरहनु भएको र हाल आफै संक्रमित हुन पुगी आईसोलेसनमा रहनुभएको छ ।

कमेन्ट्स
Loading...