सुचना, समाचार र मनोरन्जन

कम्युनिस्ट होइन कमाउनिस्ट पार्टी

  •  
  •  
  •  
  •  

राजेन्द्र पन्थी /

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुग्यो, ७२ वटै कम्युनिस्ट पार्टी बने । हिजो पार्टी स्थापना हुँदा जन्मेको सन्तान आज बाजेबजै भइसकेका छन् । सात दशकको यो लामो कालखण्डमा हिमालबाट हिउँ पग्लेर बगेको पानीको कुनै मापन गर्न सकिदैन । स्थापनाकालदेखि नै गुट र फुटमा रुमलिएको पार्टी आजसम्म आँउदा पनि फुट्न छाडेको छैन् । आखिर किन हुन्छ फुट ? स्वार्थ, पदलोलुपता, अहङ्कार नै पार्टी फुट्नुको मुख्य कारण मान्न सकिन्छ, सैद्धान्तिक बहसमा पार्टी फुटेका छैन् । आजीवन कुर्र्सी, परिवारवाद, सत्तालिप्सा, झोले प्रवृत्ति र बाँदरे शैली नै कम्युनिस्ट पतनका मुख्य कारण हुन् । भन्ने बेलामा आफूलाई सर्वहारा पार्टी अनि जब व्यावहारमा आउँछन् ‘सर्वआहारा’ बनिदिन्छन्न् ।

जनतालाई साम्यवादको सपना देखाएर आफै सामन्तवादमा अनुवाद भएको यथार्थलाई नकार्न सकिदैन । समाजवादको मिठामिठा आश्वासन मात्र दिने जनताको गास, बास, कपास, शान्ति सुरक्षाको मतलब नै नगर्ने अनि कसरी कम्युनिस्ट हुन्छ ?

जनतालाई साम्यवादको सपना देखाएर आफै सामन्तवादमा अनुवाद भएको यथार्थलाई नकार्न सकिदैन । समाजवादको मिठामिठा आश्वासन मात्र दिने जनताको गास, बास, कपास, शान्ति सुरक्षाको मतलब नै नगर्ने अनि कसरी कम्युनिस्ट हुन्छ ? नेपालमा पद, प्रतिष्ठा र पैसा नै कम्युनिस्टको आदर्श सिद्धान्त बनेको छ । कुन अर्थमा नेपालका कम्युनिस्ट अरू पार्टीभन्दा फरक छन् ? नेतृत्व निरुत्तर छ । कम्युनिस्ट पार्टीमा आस्था र विश्वास राख्ने नागरिकको मन अमिलो भएको छ ।

पार्टीभित्रको किचलो, आपसी लडाईं, परिवारवाद, एक आपसमा अश्लीलताको चरम रूप, गाली गलौज र ‘लालगद्धार’ घोषणा नै अहिलेका कम्युनिस्टको असली चरित्र देखिन्छ । बिहान एउटा नेताको भजन, बेलुका अर्को नेताको भजन अनि जता कुर्र्सी पाइन्छ त्यतै लुसुक्क छिर्ने बाहेक के पो देखियो र कहिँ कतै निष्ठाको राजनीति नै छैन ।

पार्टीभित्रको किचलो, आपसी लडाईं, परिवारवाद, एक आपसमा अश्लीलताको चरम रूप, गाली गलौज र ‘लालगद्धार’ घोषणा नै अहिलेका कम्युनिस्टको असली चरित्र देखिन्छ । बिहान एउटा नेताको भजन, बेलुका अर्को नेताको भजन अनि जता कुर्र्सी पाइन्छ त्यतै लुसुक्क छिर्ने बाहेक के पो देखियो र कहिँ कतै निष्ठाको राजनीति नै छैन । यति लामो इतिहास बोकेको पार्टीमा आज कुनै सैद्धान्तिक अडान छैन् । नीतिगत बहस र कार्यविधि छैन् ।

आज सहरमा देखिने कम्युनिस्टको खोल ओढेका सुकिलामुकिला बनाउन धेरैले बलिदान दिएका छन्, रगत पसिना र समय खर्चेका छन् । कति मारिए, ज्युँदै जलाइए, कति बेपत्ता छन्, देशको परिवर्तनका लागि प्राण हत्केलामा राखी हाँसीहाँसी मर्न तयार भए र सहिद बने । तर तिनै सहिदको रगतमा होली खेली आजका नेताले एक अर्कालाई लालगद्दारको आरोप लगाई तमासा देखाइरहेका छन् यो लाजको पसारोले सहिदको सपना र आस्थालाई खिल्ली उडाइरहेको छ ।

नेकपाको इतिहासलाई हेर्दा नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) भारतको कलकत्तास्थित श्याम बजारमा एक बङ्गालीको घरमा भएको हो । पुष्पलाल, नरबहादुर, निरन्जन, नारायण विलास र मोतीदेवी पाँच जनाले स्थापना गरेको पार्टी आज ७२ बर्षमा पुग्दा ७२ वटा पार्टी बनेको देखिन्छ । राणाशासन, राजतन्त्र र पञ्चायती शासन विरुद्ध लड्दै आएको कम्युनिस्टको इतिहास रच्न धेरै नेपालीको योगदान रहेको छ । आज सहरमा देखिने कम्युनिस्टको खोल ओढेका सुकिलामुकिला बनाउन धेरैले बलिदान दिएका छन्, रगत पसिना र समय खर्चेका छन् । कति मारिए, ज्युँदै जलाइए, कति बेपत्ता छन्, देशको परिवर्तनका लागि प्राण हत्केलामा राखी हाँसीहाँसी मर्न तयार भए र सहिद बने । तर तिनै सहिदको रगतमा होली खेली आजका नेताले एक अर्कालाई लालगद्दारको आरोप लगाई तमासा देखाइरहेका छन् यो लाजको पसारोले सहिदको सपना र आस्थालाई खिल्ली उडाइरहेको छ ।

बहुदलीय प्रजातन्त्रका नाममा जनताले देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, अन्याय अत्याचार, नातावाद, घुसखोरी, महिला हिंसा नै प्राप्त गरे । जनता र देश दुब्लाउने तर नेता मोटाउने प्रवृत्ति नेपालमा रह्यो र जनतामा राजनीतिप्रति चरम वितृष्णा देखा पर्दै गयो, फलत रानजीति ‘लाजनीति’ मा रूपान्तरण भयो ।

संविधानमै समाजवाद उन्मुख राज्य निर्माण गर्ने सपना लेखी जनतालाई वर्षौंसम्म भ्रमको खेती बाहेक केही गरेको पाइएको छैन् । चाहे बहुदलीय व्यवस्था होस्, चाहे लोकतान्त्रिक गणतन्त्र भनेर नाम दिइयास् । जसको सरकार आए पनि जनताका पिरमर्का बुझ्ने शासक आएनन् । व्यवस्था बद्लियो तर नागरिकको अवस्था सुधार भएन । जनताले कोही पाउन सकेनन् । आशा र विश्वासमा पटकपटक तुषारापात भयो । बहुदलीय प्रजातन्त्रका नाममा जनताले देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, अन्याय अत्याचार, नातावाद, घुसखोरी, महिला हिंसा नै प्राप्त गरे । जनता र देश दुब्लाउने तर नेता मोटाउने प्रवृत्ति नेपालमा रह्यो र जनतामा राजनीतिप्रति चरम वितृष्णा देखा पर्दै गयो, फलत रानजीति ‘लाजनीति’ मा रूपान्तरण भयो ।

कम्युनिस्टको ‘क’ कतै प्रयोगमा नल्याउनेहरू किन पार्टीको नाममा कम्युनिस्ट जोड्ने ? बरू हाक्काहाक्की भने हुन्छ हामी कम्युनिस्ट होइनौ ‘कमाउनिस्ट’ हौं । हामी पार्टीबाट महलमा गयौं र नागरिक पाटीमा जाऊ भन्नु जायज होला ।

सत्ता र कुर्र्सीको मोहमा पिण्ड खान तम्सेका नेताको कोट र दौराको फेरो समातेर अब कम्युनिस्ट राजनीति गर्नेहरूबाट के आश गर्न सकिन्छ ? कहाँ छ खै, माक्सवाद, लेनिनवाद र माओवादको बहस र देशको चिन्ता ? यो गम्भीर प्रश्नको गहन जवाफ नेतृत्वसँग अपेक्षा गर्नु धोका भईसकेको छ । कम्युनिस्टको ‘क’ कतै प्रयोगमा नल्याउनेहरू किन पार्टीको नाममा कम्युनिस्ट जोड्ने ? बरू हाक्काहाक्की भने हुन्छ हामी कम्युनिस्ट होइनौ ‘कमाउनिस्ट’ हौं । हामी पार्टीबाट महलमा गयौं र नागरिक पाटीमा जाऊ भन्नु जायज होला । कमाउनिस्ट अनुसार चन्दाका नाममा लुटेर खान सजिलो हुन्छ । हरहिसाबको अडिट गर्नु पर्दैन, कर तिर्नु पर्दैन सबैलाई हाइसञ्चो । कम्युनिस्टको नाम लिएर सिङ्गो नेपाली कम्युनिस्टको अब बेइज्जत गर्न पाँइदैन । पार्टीगत बहसमा कहिँ कतै साङ्गठनिक वैचारिक वा कुनै मुद्दाको चर्चा छैन ।

बाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य जसले ओलीलाई संसद विघटन गरे भनेर नाङ्गेझार हुने गरी गालीगलौजमा उत्रिइन, हदैसम्मको मानहानी र अपमान गरिन । तर उनी आफू मुख्यमन्त्री भएपछि ओली ठीक । कति फोहोरी र निर्लज्ज छ त राजनीति ।

एउटाको ठाँउमा अर्को आएपछि सबै समस्याको समाधान हुने कतिसम्म निर्लज्जताको पराकाष्ठा । सामान्य दृष्टान्त हेर्दा नै काफी छ । बाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य जसले ओलीलाई संसद विघटन गरे भनेर नाङ्गेझार हुने गरी गालीगलौजमा उत्रिइन, हदैसम्मको मानहानी र अपमान गरिन । तर उनी आफू मुख्यमन्त्री भएपछि ओली ठीक । कति फोहोरी र निर्लज्ज छ त राजनीति । भावी पुस्तालाई के संस्कार सिकाउने यस्ता पदलोलुप नेतृत्वले ताजुव लाग्ने घृणाको राजनीति ।

निष्ठाको राजनीतिमा आस्थावान् हजारौं कार्यकर्ता विलखबन्दमा छन् । उनीहरू जीवनको उत्तरार्धमा आएर अर्को पार्टीमा जान पनि चाहदैनन् । केवल कम्युनिस्ट एकताको अपेक्षा गर्छन् ।

वास्तवमा कम्युनिस्टको सिद्धान्त राम्रो हुँदाहुँदै पनि नेपालका अधिकांश पदलोलुप र स्वार्र्थी नेतृत्वले गर्दा कम्युनिस्ट आन्दोलन धराशायी हुने अवस्थामा पुगेको देखिन्छ । निष्ठाको राजनीतिमा आस्थावान् हजारौं कार्यकर्ता विलखबन्दमा छन् । उनीहरू जीवनको उत्तरार्धमा आएर अर्को पार्टीमा जान पनि चाहदैनन् । केवल कम्युनिस्ट एकताको अपेक्षा गर्छन् । अबको विकल्प भनेको फेरि पनि कम्युनिस्टभित्र ओझेलमा परेका निष्ठावान र त्यागी कार्यकर्ता, दोस्रोतेस्रो लहरका युवा नेता अगाडि आई कम्युनिस्ट अभियानलाई गतिशील बनाउनु नै हो ।

राणाशासनमा पनि प्रजा परिषद् भन्ने पार्टी थियो भने जस्तो दन्त्यकथा बन्ला । माक्र्स, लेनिन, माओको तस्विर जस्तो नेतृत्वको तस्विर त रहला तर जनमनमा स्थापित हुँदैन् ।

बामपन्थी चिन्तनका हिमायतीहरूको धु्रवीकरणले मात्रै नेपालमा कम्युनिस्ट जोगिन सक्ला नत्र इतिहासका पानामा मात्र सीमित होला । राणाशासनमा पनि प्रजा परिषद् भन्ने पार्टी थियो भने जस्तो दन्त्यकथा बन्ला । माक्र्स, लेनिन, माओको तस्विर जस्तो नेतृत्वको तस्विर त रहला तर जनमनमा स्थापित हुँदैन् । समयको वर्वादी नगरी बामपन्थी धु्रवीकरणको मुद्धालाई संस्थागत गरी कम्युनिस्ट एकतालाई बचाउनु नै बुद्धिमानी हुने छ ।

राजेन्द्र पन्थी अमेरिकास्थित भर्जिनिया राज्यमा रहेर नेपालका लागि विचार सम्प्रेषण गर्ने लेखक हुन् : सम्पादक

कमेन्ट्स
Loading...