सुचना, समाचार र मनोरन्जन

गुड मर्निङ ! गुरु पूर्णिमा…..

  •  
  •  
  •  
  •  

सुरेश रानाभाट /

गुरुब्र्रम्हा गुरुर्विष्णु : गुरुर्देवोमहेश्वरः ।
गुरुरेव परंब्रम्हा तस्स्मै श्रीगुरवे नमः ।।

प्रस्तुत श्लोकको आशय ‘गुरु नै सबै हुन्, ब्रम्ह, विष्णु र महेश्वर, म उनलाई प्रणाम गर्छु ’ भन्ने हो । उत्तरआधुनिक समय र यान्त्रिक समाजमा गुरुको महत्व र घनत्व खस्किँदो छ । यद्यपि सनातन संस्कारमा गुरुको स्थान उच्च थियो । ‘गु’ को अर्थ अन्धकार वा अज्ञानता र ‘रु’ को अर्थ अन्धकार नाशक भन्ने बुझिन्छ । समग्रमा अज्ञानता, अष्पष्ठता हटाउनेलाई शाब्दिक अर्थमा गुरु भनिएको पाइन्छ । गुरुको मर्म भने शाब्दिक अर्थले मात्रै झल्काउन सक्दैन् । फराकिलो कोणबाट हेर्दा अन्धकारबाट उज्यालोतर्फ लैजाने, असहजतालाई सहजतामा ढाल्ने, यथास्थितिबाट सकारात्मक परिवर्तन गराउने, पथ प्रदर्शन गर्ने जो कोही व्यक्ति पनि गुरु हुन सक्छ भन्ने मान्यता हो ।

दुई दशक पहिले पोखराको नदिपुरमा चिया पिउँदै गर्दा, म्यानेजमेण्टका लेक्चरर सुशिल पन्तले प्रसन्न मुद्रामा एउटा वाक्य भनेका थिए ‘जीवनमा लेक्चरर भएर आज अत्यन्तै खुशी लागेको छ ।’ कारण थियो, पृथ्वीनारायण क्याम्पसमा एमविएसका विद्यार्थीले गुरुपूर्णिमाको सन्दर्भमा आफ्ना गुरुहरूलाई सम्मान गरेका रहेछन् ।

दुई दशक पहिले पोखराको नदिपुरमा चिया पिउँदै गर्दा, म्यानेजमेण्टका लेक्चरर सुशिल पन्तले प्रसन्न मुद्रामा एउटा वाक्य भनेका थिए ‘जीवनमा लेक्चरर भएर आज अत्यन्तै खुशी लागेको छ ।’ कारण थियो, पृथ्वीनारायण क्याम्पसमा एमविएसका विद्यार्थीले गुरुपूर्णिमाको सन्दर्भमा आफ्ना गुरुहरूलाई सम्मान गरेका रहेछन् । त्यही मेसोमा उनी आफू पनि सम्मानित भएकोमा हर्षविभोर भएका रहेछन् । यस्तो खुशी हुनुमा धनपैसोको प्राप्ति फितलो थियो । आभार र आदर भाव नै सर्वोच्च थियो । हाम्रो संस्कार र संस्कृति जीवित रहोस् भन्ने सुशिल पन्त दाइको चाहना मैले विद्यार्थी हुँदै अनुभूत गरेको थिएँ ।

कीर्तिपुरकालीन समयमा, काठमाडौं अनामनगरको उनकै कार्यालयमा सामाजिक अभियन्ता तथा लेखक सोमत घिमिरेलाई सोधेको थिएँ, ‘ दाइ ! तिम्रा गुरु को हुन् ?’ उनले गम्भीर भएर भनेका थिए, ‘लम्जुङको मञ्ज्याङमा रहँदा जुठी दमिनी, घोल्टे दमै, बिर्खे कामी, हरे सार्की र चितवन झरिसकेपछिका अमरबहादुर माझी मेरा गुरु हुन् । ’ विश्वविद्यालयका प्रोफेसरले नपढाएका पाठहरू जीवनमै विश्वविद्यालय नगएका र नदेखेका पात्रहरुले पढाउँछन् भन्ने उनको अग्र्यानिक विचार थियो । बुद्धिजीवीको धङ्धङ्गीबाट मुक्त हुनुपर्छ भन्ने जबरजस्त मान्यता थियो । जिन्दगीको पाठशालामा तिनै पात्रका सत्कर्मले नै उनीहरूलाई गुरु मानेका रहेछन् ।

कीर्तिपुरकालीन समयमा, काठमाडौं अनामनगरको उनकै कार्यालयमा सामाजिक अभियन्ता तथा लेखक सोमत घिमिरेलाई सोधेको थिएँ, ‘ दाइ ! तिम्रा गुरु को हुन् ?’ उनले गम्भीर भएर भनेका थिए, ‘लम्जुङको मञ्ज्याङमा रहँदा जुठी दमिनी, घोल्टे दमै, बिर्खे कामी, हरे सार्की र चितवन झरिसकेपछिका अमरबहादुर माझी मेरा गुरु हुन् । ’ विश्वविद्यालयका प्रोफेसरले नपढाएका पाठहरू जीवनमै विश्वविद्यालय नगएका र नदेखेका पात्रहरुले पढाउँछन् भन्ने उनको अग्र्यानिक विचार थियो । बुद्धिजीवीको धङ्धङ्गीबाट मुक्त हुनुपर्छ भन्ने जबरजस्त मान्यता थियो । जिन्दगीको पाठशालामा तिनै पात्रका सत्कर्मले नै उनीहरूलाई गुरु मानेका रहेछन् । उनको यो अभिव्यक्तिले मेरा वाल्यकालीन दिनहरूलाई स्मरण गराइदिएको थियो । मेरो चेतनाको पर्खाल लडाइदिएको थियो ।

समयको अन्तरालमा गुरु गुडँ हुन्छ र चेलो चिनी बन्छ । दुवैको विशेषता गुलियो हुन्छ । अहिलेको जिन्स जेनेरेसन र साइवर पुस्ताले ह्याप्पी वर्थडे त सेलिब्रेट गर्छन् तर गुरुलाई सम्मान गर्न खासै रुचि र चासो देखाउँदैनन् । अझ निजी विद्यालयको शिक्षामा हुर्केकाहरूले त पैसा तिरेर पढेको हो किन गुरुभक्ति देखाइरहनु प¥यो भन्ने मान्यताको जगमा उभिएका छन् । केही पहिला गुरुको सम्मानमा गुरुकै घरमा जाने संस्कार पनि थियो तर आज गुरु नै ट्युसनका नाममा चेलाकै घरमा गएपछि यसको शाख गिर्दो छ भन्ने कुरा गुरुको ग्राफले नै देखाउँछ । गोरुलाई बरु नमस्कार भन्नलान् गुरुलाई देखेपछि मुन्टो बटार्ने प्रवृति विकसित भएको छ । गुरु भन्ने शब्द नै गाडीको चालकमा गएर अनुवाद भएको छ । गुरु गडमा फर्किने सम्भावना निकै कम छ, आजको यो कमोडिटी सोसाइटीमा ।

समयको अन्तरालमा गुरु गुडँ हुन्छ र चेलो चिनी बन्छ । दुवैको विशेषता गुलियो हुन्छ । अहिलेको जिन्स जेनेरेसन र साइवर पुस्ताले ह्याप्पी वर्थडे त सेलिब्रेट गर्छन् तर गुरुलाई सम्मान गर्न खासै रुचि र चासो देखाउँदैनन् । अझ निजी विद्यालयको शिक्षामा हुर्केकाहरूले त पैसा तिरेर पढेको हो किन गुरुभक्ति देखाइरहनु प¥यो भन्ने मान्यताको जगमा उभिएका छन् । केही पहिला गुरुको सम्मानमा गुरुकै घरमा जाने संस्कार पनि थियो तर आज गुरु नै ट्युसनका नाममा चेलाकै घरमा गएपछि यसको शाख गिर्दो छ भन्ने कुरा गुरुको ग्राफले नै देखाउँछ । गोरुलाई बरु नमस्कार भन्नलान् गुरुलाई देखेपछि मुन्टो बटार्ने प्रवृति विकसित भएको छ । गुरु भन्ने शब्द नै गाडीको चालकमा गएर अनुवाद भएको छ । गुरु गडमा फर्किने सम्भावना निकै कम छ, आजको यो कमोडिटी सोसाइटीमा ।

मेरा केही अनन्य र परम मित्रहरू छन् जसले मलाई टेलिफोन सम्बोधन एवम् भेटघाटमा गुरु भन्छन् र म पनि केही मित्रहरूलाई अनायस गुरु नै भनेर सम्बोधन गरिदिन्छु । यो गुरु शब्द कता कता आँखामा घुरान परे जस्तो बिजाउँछ मनमा । मलाई किन गुरु भने र मैले किन गुरु भनेँ प्रश्न आफैमा अनुत्तरित छ । मित्र मण्डलीहरूमा हुन्छ किन यस्तो ? गम खान्छु, ‘फ्रेण्डसीप एण्ड फर्मालिटी डजन्ट गो टुग्यादर’ भन्ने अङ्ग्रेजी हरफले झस्काउँछ । के यो औपचारिकताको पातालो च्यादर मात्रै हो त ? लाग्छ धार्मिक र शैक्षिक जगत्को दायरामा मात्रै गुरु शब्द चलनचल्तीमा रहेपनि हार्दिकता र आत्मीयता झल्काउने कडीमा पनि यसलाई प्रयोग गरिएको छ ।

आत्मा र परमात्माको भिन्नता देखाउने, निर्वाणको बाटोमा हिडाउने साथै ज्ञानको ज्योतिले आलोकित पार्ने, पवित्र पात्रलाई पनि गुरु मानिएको छ । जीवनका गोरेटा र कुइनेटाहरूमा विविध प्रकारका गुरुहरूसँग झक्का भेट हुन्छ । कहिले साकार त कहिले साङ्केतिक रूपमा गुरुसँग मुलाकाज हुन्छ । मूर्त रूपमा भौतिक उपस्थिति नभए पनि मानसिक रूपले पनि गुरुको प्रतिविम्ब मानसिक चित्र भएर मन, मष्तिस्क र मगजमा कैद भएको हुन्छ ।

देवता र दानवबिचको युद्धमा शुक्राचार्यले दिएको परामर्शले विजय हाँसिल भयो भन्ने काहवत हाम्रा पुराणहरूमा सुरक्षित छन् । युग युगमा स्थापित भएका नायकका पछाडि पनि गुरु रहेछन् । त्रेता युगमा विश्वमित्र ऋषि, द्वापर युगमा कृष्ण स्वयम् गुरुका रूपमा उपस्थित भएर आफ्नो कर्तव्य र दायित्व वहन गरेका थिए । अर्जुनहरूलाई अगाडि बढ्न प्रेरित गरेका थिए । बुद्धलाई पनि गुरुको दर्जामा राखिएको छ । शान्तिका अग्रदूत, अहिंशाका हिमायती, प्रेम र करुणाका प्रचारक बुद्धलाई बौद्धमार्गीहरूले गुरुभन्दा माथिल्लो तहमा राखेका छन् । कलि युगमा पनि गुरु आ–आफ्ना ठाउँमा नेपथ्यमा छन् । विश्व मुक्केवाज माइक टाइसन र महमद अलिका पनि गुरु रिङ बाहिरै थिए । खेलकुद जगत्का गुरुहरूले आफ्ना चेलाहरूलाई सशक्त बनाएर नै मैदानमा उतारेका हुन्छन् । नेतृत्व गर्ने नेताहरू पनि स्वयम् गुरु हुन् यद्यपि विचार र सिद्धान्तबाट स्खलित भएपछि र द्रव्यको मोहमा फसेपछि शब्द आफैमा फिका बनिदिन्छ ।

परामर्शदाता पनि कहिले काहीँ गुरु जस्ता लाग्छन् । बजारका हजार बाटाहरू मध्ये गन्तव्य सङ्केत गरिदिने अपरित पात्र पनि तत्कालका लागि गुरु नै लाग्छन् । देवता र दानवबिचको युद्धमा शुक्राचार्यले दिएको परामर्शले विजय हाँसिल भयो भन्ने काहवत हाम्रा पुराणहरूमा सुरक्षित छन् । युग युगमा स्थापित भएका नायकका पछाडि पनि गुरु रहेछन् । त्रेता युगमा विश्वमित्र ऋषि, द्वापर युगमा कृष्ण स्वयम् गुरुका रूपमा उपस्थित भएर आफ्नो कर्तव्य र दायित्व वहन गरेका थिए । अर्जुनहरूलाई अगाडि बढ्न प्रेरित गरेका थिए । बुद्धलाई पनि गुरुको दर्जामा राखिएको छ । शान्तिका अग्रदूत, अहिंशाका हिमायती, प्रेम र करुणाका प्रचारक बुद्धलाई बौद्धमार्गीहरूले गुरुभन्दा माथिल्लो तहमा राखेका छन् । कलि युगमा पनि गुरु आ–आफ्ना ठाउँमा नेपथ्यमा छन् । विश्व मुक्केवाज माइक टाइसन र महमद अलिका पनि गुरु रिङ बाहिरै थिए । खेलकुद जगत्का गुरुहरूले आफ्ना चेलाहरूलाई सशक्त बनाएर नै मैदानमा उतारेका हुन्छन् । नेतृत्व गर्ने नेताहरू पनि स्वयम् गुरु हुन् यद्यपि विचार र सिद्धान्तबाट स्खलित भएपछि र द्रव्यको मोहमा फसेपछि शब्द आफैमा फिका बनिदिन्छ ।

गुरु पूर्णिमाको डिस्कोर्ष गज्जबको छ । गुरुले ज्ञानको बाटो देखाउँदा पूर्णिमाको उज्यालो र पारदर्शितालाई बिर्सन मिल्दैन् । मनभित्रका अहङ्कार, घमण्ड, इष्र्यालाई दरीमुनि दापेर गुरुको समीपमा पुगेर आर्शिवाद लिँदा व्यक्तित्व ओइलाउँदैन झन् मौलाउँछ । पात्रोका पानाहरू त रुखका पात जस्तै पलाउँछन्, असार÷साउन महिनाको पूर्णिमालाई गुरु पूर्णिमा मानिएको छ । चार वेदलाई लिपिवद्ध गर्ने, अथर पुराण, महाभारत र श्रीमद् भागवत् गीता लेख्ने व्यासको संझना पनि यसैभित्र अटाएको छ । व्यासलाई त अझ् दतरात्रय गुरुका पनि गुरु मानिएको छ । गुरुकुल पद्धतिको शिक्षामा गुरुको महिमा व्यापक छ । शिष्यहरू गुरुका प्रति नतमसतक हुन्छन् । शिक्षित र दीक्षित भइसकेपछि गुरुको सेवा पनि अपरीहार्य मानिन्छ । आधुनिक शिक्षा प्रणालीमा पनि स्वार्थका सीमारेखाबाट माथि उठ्ने र आफूसँगको ज्ञान हस्तान्तरण गर्ने गुरु किमार्थ ओझेलमा पर्दैनन् । गुरुले पनि त गुरु हुनुको मर्यादा राख्नुपर्छ भन्ने फरककोण पनि स्थापित भएको छ ।

हाम्रो पूर्वीय दर्शनबाटै प्रभावित भएर पश्चिमाहरूले पनि १९ औं शताब्दीदेखि ‘टिचर्स डे’ मनाउँदै आएका छन् । सन् २०११ मे मा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमाबाले शिक्षकहरूसँगको एउटा तस्विर सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पनि जरुर गुरू छन् । सत्ताको दम्भ छोडेर भावनात्मक एकताको कडीमा आफूलाई उभ्याउन सके भने राजनेताका रूपमा दर्ज हुनेछन् । गुरू पूर्णिमाको महिमा आफैमा सन्देश भएर आलोकित हुने छ ।

गुरूलाई ‘मैनबत्ति’, ‘माझी’, ‘पथप्रदर्शक’ आदिका उपमाले पनि सम्मान गरेको पाइन्छ । भनिन्छ असल गुरूहरूले किताब बन्द गरेर ह्रदय खोलेर जीवन र जगत् पढाउँछन् । आफ्नो साधारण ज्ञानले पनि चेलाहरूलाई असाधरण बनाउन ल्याकत राख्छन् । गुरूको गुरूत्व, महत्व, र घनत्वलाई चानचुने मान्न सक्दैनन् चेतनशील र सज्जन व्यक्तिले । हाम्रो पूर्वीय दर्शनबाटै प्रभावित भएर पश्चिमाहरूले पनि १९ औं शताब्दीदेखि ‘टिचर्स डे’ मनाउँदै आएका छन् । सन् २०११ मे मा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमाबाले शिक्षकहरूसँगको एउटा तस्विर सार्वजनिक गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाका पनि जरुर गुरू छन् । सत्ताको दम्भ छोडेर भावनात्मक एकताको कडीमा आफूलाई उभ्याउन सके भने राजनेताका रूपमा दर्ज हुनेछन् । गुरू पूर्णिमाको महिमा आफैमा सन्देश भएर आलोकित हुने छ ।

दुनियाँ जगत्मा बाँडेर बढ्ने कुरा केबल ज्ञान मात्रै हो । यो पुस्तागत हस्तान्तरणको सिद्धान्तमा आधारित छ । जुनसुकै धर्म, आस्था र सम्प्रदाय भए पनि ज्ञान र सिप लिनका लागि गुरुको महत्व छ र रहिरहने छ । ज्ञान निर्माण, चेतना निर्माण र विवेक निर्माणमा गुरु आफैमा अभियन्ता हुन् । गुरुलाई गाली होइन् ताली नै पर्याप्त हुन्छ । जन्मदिने आमा, पालनपोषण गर्ने बाबाभन्दा पनि माथिल्लो कोटीमा गुरुलाई राखिएको छ । चन्द्रमाले पूर्णिमालाई उज्यालो दिन पनि सूर्यको प्रकाशलाई परावर्तन गराएको तथ्यलाई विज्ञानले पनि नकारेको छैन् । आजको उत्तरआधुनिक समाजमा गुरुकाप्रति आभार व्यक्त गर्न गुरु दक्षिणा स्वरुप एकलव्यले द्रोणाचार्यलाई दिएको औंला दिनुपर्दैन् । एउटै एसएमएस काफी छ, आभार र सम्मानका लागि । लेट्स कम्पोज दि म्यासेज, गुडमर्निङ गुरु…..

 suresh.ranabhat@gmail.com

कमेन्ट्स
Loading...