सुचना, समाचार र मनोरन्जन
kumdini

जाली छन् ‘मालिकहरू’

हिराबहादुर कार्की /

                                                                                   विचार…

बुद्धवचन जो भन्छ, जीवनमा दुःख छ, दुःखको कारण छ र कारणको निवारण छ । नेपाल, नेपाली वर्षौंदेखि दुःखमा छौं । दुःखको मुख्य कारण हाम्रा मालीहरू जाली छन्। कारणको निवारण खोज्ने कोसिस यदाकदा नहुने होइन। तर ती कोसिसहरूको आयु असाध्यै छोटो हुन्छ । नेपाली राजनीतिको आकास छर्लङ्ग भएको कहिल्यै देख्नु भएको छ ? बार्गेनिङ् र म्याच फिक्सिङ् सधँै मडारिएकै हुन्छ । आकास कहिल्यै खुल्दैन। किन्नु, बेचिनु खिचातानी, लुछाचुँडी मालिहरूको नित्य कर्म सरह नै छ । हरदिनको दौडधुप यत्तिमै सीमित छ, शक्ति बेचेर पैसा, पैसा बेचेर शक्ति। हरकोही बिकाउ छ । हर संयन्त्र बिकाउ छ। हरेकको एक निश्चित मोल छ। मानौं, नेपाली राजनीतिमा वर्षौंदेखि एउटा खुद्रा पसल चल्दै आइरहेको छ, जहाँ खरिदबिक्री बाहेक जनजनका दुःखको कुनै मूल्य र अर्थ छैन । यी मालिकहरूको जीवनमा चलिरहेको बेइमानी उन्मादको मधुमासमा गणतन्त्रको बार्बेक्यु हुँदैछ। मान्नुस् नमान्नुस्, नेपाली राजनीति आलोपालो सत्तामा बस्नु र भत्ता खानु बाहेक अरू केही होइन। हामी सबैका आ–आफ्नै मालिकहरू छन्। तिनको नाटकीय रेस्लिङ् हेरेर ताली बजाउनु हाम्रो नियति हो।

मुलुकमा चुनावको तैयारी चल्दै छ । गएको चुनावपछि प्लास्टिक सर्जरी गरेर आएका उमेद्वारहरूलाई हाम्रो आँखाले चिन्दैन। अनेकथरी झन्डा बोकाउँछन्, बोक्यो। अनेकथरी एजेन्डा सुनाउँछन्, सुन्यो। तिनका आमसभामा हामी आम भएर जान्छौं, भाषण सुन्छौं । खुशीखुशी मतदान गर्छौं । खासमा हाम्रो मानसिकता नै टिठलाग्दो छ। जिन्दगी चलेकै छ, चल्ला भन्ठान्छौं। हाम्रो दुःखको कारण जो छ त्यो निवारण गर्ने कोसिस रतिभर गर्दैनौं । अब त यति ढिलो भैसक्यो कि हामीले आन्दोलनको सुनामी नै ल्याए पनि हाम्रा मालिकहरू त्यो सुनामी पचाउन सक्ने भैसके ।

मुलुकमा चुनावको तैयारी चल्दै छ । गएको चुनावपछि प्लास्टिक सर्जरी गरेर आएका उमेद्वारहरूलाई हाम्रो आँखाले चिन्दैन। अनेकथरी झन्डा बोकाउँछन्, बोक्यो। अनेकथरी एजेन्डा सुनाउँछन्, सुन्यो। तिनका आमसभामा हामी आम भएर जान्छौं, भाषण सुन्छौं । खुशीखुशी मतदान गर्छौं । खासमा हाम्रो मानसिकता नै टिठलाग्दो छ। जिन्दगी चलेकै छ, चल्ला भन्ठान्छौं। हाम्रो दुःखको कारण जो छ त्यो निवारण गर्ने कोसिस रतिभर गर्दैनौं । अब त यति ढिलो भैसक्यो कि हामीले आन्दोलनको सुनामी नै ल्याए पनि हाम्रा मालिकहरू त्यो सुनामी पचाउन सक्ने भैसके। हामी सडकमा वा सञ्जालमा जतिसुकै उर्ले पनि, त्यहाँबाट जति नै कुर्ले पनि तिनले सबका सब पचाउने छन् । काँग्रेस, कम्युनिस्ट वा जो कसैसँग नैतिक इमान्दारीको बहस गर्नु एक ठट्टा मात्र हो।

British college

हामी नागरिक कम, मतदाता धेरै छौं । हामी नागरिक कम, कार्यकर्ता धेरै छौं । हामी सबैलाई हाम्रै आफ्नै पार्टीको नेता चाहिएको छ, भलै त्यो बुद्धु स्वाँठ किन नहोस् । समाजवाद, साम्यवाद, पुँजीवाद अनेकन वाद लिएर आउँछन्, हामी कुनै प्रतिवाद विना स्वागत गर्छौं । भोट लिएपछि जब मालिक हराउँछ अनि गुनासो गर्छौं । यसैलाई भनिन्छ, ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेपाली । ’ मालिकहरूले हामीलाई रिझाउने एउटै कारण हो हाम्रो भोट । हाम्रा जीवनको दुःखसँग तिनलाई रतिभर सरोकार छैन। तिनलाई सरोकार छ त सत्ता, शक्ति र सम्पत्ति । सत्ताको अधिकार मार्फत् जे जति जो जसका नाममा कुम्ल्याउँन सकिन्छ कुम्ल्याउने । तिनलाई पूर्ण विश्वास छ, जति कुम्ल्याए पनि भोलि भोट माग्न जाँदा भोटर्सहरूलाई सजिलै फस्ल्याउन सकिन्छ, नोटले भोट किन्न सकिन्छ । तसर्थ हामीले गुनासो गर्नु व्यर्थ छ । आफ्नो कर्म नगरी गुनासो गर्न मिल्दैन ।

आफ्नै दःुखसँग बाँचिरहनु छ । यो एक प्रकारको आत्महत्या हो । हामी सबै आत्महत्या नै गरिरहेछौं। दुःख छ, दुःखको कारण पनि थाहा छ। यसको निवारण पनि थाहा छ । आफ्नै दुःखको मुक्तिका लागि आफैले गर्न सक्ने काम कहिल्यै नगर्नु आत्महत्या नभए के हो त ?

यो देशमा नाफाखोरहरूलाई चर्को शासकीय समर्थन छ। शासकहरू दलालहरूलाई भगवान मान्छन् । एउटा शासक दलालहरूको घेराबन्दी तोडेर बाहिर आउन सक्ने हिम्मत राख्दैन । नीति निर्माताहरूको नोटबुक बजार नियामकहरूको भन्दा दलाली सुझावहरूले भरिन्छ। खैर, हामीलाई अब आउने चुनावमा पनि राजनीतिज्ञ भन्दा तिनै नाफाखोर र दलालहरूले पालनपोषण गरेका अनेकन दलका अनेकन उमेदवारहरूलाई नै भोट दिनु छ। अनि फेरि अर्को चुनावसम्म गुनासो गरिरहनु छ। गुनासोहरूले सिन्को भाँच्दैन, थाहा छ। आफ्नै दःुखसँग बाँचिरहनु छ । यो एक प्रकारको आत्महत्या हो । हामी सबै आत्महत्या नै गरिरहेछौं। दुःख छ, दुःखको कारण पनि थाहा छ। यसको निवारण पनि थाहा छ । आफ्नै दुःखको मुक्तिका लागि आफैले गर्न सक्ने काम कहिल्यै नगर्नु आत्महत्या नभए के हो त ?

प्लास्टिक सर्जरी गरी आएकाहरूलाई चिन्न नसकेर वर्षौंदेखि एउटै भूल गरिआएका छौं । तिनले प्लास्टिक सर्जरी गरेका हुन्। तिनको प्रकृति र प्रवृत्तिमा फरक छैन भन्ने सामान्य कुरा बुझ्न नसकेर वा नचाहेर एउटै गल्ती बारम्बार गरिरहेछौं । भोटपछि समाज, समुदायसँग कुनै नैतिक सम्बन्धको लाज समेत नराख्ने नेताहरूलाई चिनेर, बुझेर पनि त्यसको जवाफ दिन नसक्नु लाजमर्दो कुरा हो । भनिन्छ नि, ‘उस्तै गल्ती दुईपटक दोहो¥याउनु मूर्खता बाहेक केही होइन ।’ राष्ट्रहितमा महामानवहरूले आफ्नो शरीर शासकलाई चढाए । शासकहरूले ती महामानवहरूको घाँटी रेटेर आफ्ना महत्वाकङ्ंक्षाहरूमा भरपुर मलजल गरे । इमान बेचेर मोह किने । जनजनको हितका लागि सपनाको राजमार्ग पहिल्याउन जो रगत बग्यो त्यो पवित्र थियो । राजमार्गको नक्सा कोरियो । नेपाली राजनीतिका नौटङ्की रेस्लरहरूलाई त्यो राष्ट्रहितको लहरले निदाउन दिएन । अन्ततः त्यो लहर बिचमै हरायो।

त्यसपछि अमृतको विलय भयो र एकाएक विषालु मालिकहरू जन्मिए । महामानवहरूको बलिदानी यिनका लागि पावर र पैसा हत्याउने लिस्नो भयो । सत्ता आरोहणका लागि सिँढी बन्यो । हो, इमान्दारीले यिनको रक्तचाँप बढाउँछ र बेइमानी नै यिनको नियमित योग हो । माइग्रेनले च्यापेको यिनका मगजमा राजनीति भनेको सत्तादेखि सत्तासम्म र अनेकन निजी स्वार्थ प्राप्ति बाहेक केही छैन । जेनतेन अनन्तसम्म सत्तामा बसिरहनु, सत्ता वरपर टाँस्सिरहनु, बालुवाटारदेखि सिंहदरवार धाइरहनु बाहेक अर्थोक केही होइन।

खासमा, राजनीतिको वास्तविक सुरुवात सत्ता प्राप्ति पछाडि मात्रै हुन्छ । सत्ता धान्यो वा धानेन भन्ने होइन। कति समर्पण, इमान, नैतिक जिम्मेवारीका साथ सत्ता चल्यो, चलायो भन्ने विषयले निर्धारित गर्छ– कि कति असल कति खराब। तर, कसैलाई सत्तामा पु¥याउने बाहेक हामी अन्य नागरिक कर्म जान्दैनौं, गर्दैनौं । जाली छन्, हामीले रोज्दै आएका मालिकहरू। उनीहरूले सबै बुझेका छन्, विज्ञ हुन् । त्यसैले त हामीले थाहै नपाई हामीलाई धोका दिन जानेका छन् । प्रजातन्त्रको मृगौला झिकेर बेच्न माहिर छन् । विशेषज्ञ हुन्, त्यसैले त हाम्रो अस्मिता लुट्ने प्रविधि जानेका छन्। जानकार छन् यी टाउकेहरू र त किनबेच गर्न किनिन बेचिन जानेका छन्। यी जालीहरू नैतिक मूल्य र मान्यताको, जनादेशको र जनकल्याणको बारम्बार बलात्कार गरिरहन्छन् । मालिकहरू जाली छन्। यिनै जालीहरूको जालझेलमा हामी सँधै रुमल्लि रहने कि अब ब्युँझने ?

कमेन्ट्स
Loading...