सुचना, समाचार र मनोरन्जन

वेलकम : कुलमान कमब्याक

  •  
  •  
  •  
  •  

सुरेश रानाभाट /

नेपाल विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएपछि एउटा सकारामत्क तरङ्गको लहर सिर्जना भएको छ । सेयर मार्केटमा नेप्से परिसूचकको ग्राफ बढे जस्तै कुलमान घिसिङको गरिमा चुलिएको छ, सँगै सरकारको सान पनि । घिसिङको नाममा प्रस्तावक बनेका पुष्पकमल दाहाल प्रचण्ड, सहमति जनाएका शेरबहादुर देउवा र सहयोग गरेकी पम्फा भुषाल धन्यवादका लायक बनेका छन् । ‘लोडसेडिङ’ शब्दलाई सदाका लागि खारेज गरेका घिसिङलाई मन्त्रिपरिषद्को बैठकले पुन कमब्याक गराएको हो ।

तत्कालीन उर्जा मन्त्री जर्नादन शर्माले भनेका थिए ‘विरोध गर्नु नै छ भने कमसे कम उज्यालोमा बसेर गर्नुहोस् । ’ यतिबेला घिसिङ् आफ्नै पुरानो कुर्सीमा कमव्याक हुँदा विद्युत माफिया र विजुलीका विचौलियाको टाउको दुखेको हुनुपर्छ यद्यपि तीन कोटी नेपालीको उज्यालो पाउने मौलिक हक सुरक्षित भएको छ । विद्युत प्राधिकरणमा ४ वर्ष काम गर्दा उनले ‘हर्कुलस’ को विम्ब पाएका थिए । उनको व्यवस्थापकीय कला कौशल र कामले नै नायक भएका थिए । २०७७ भदौ २८ गते उनी विदा हुँदा राजनेताले आर्जन गर्न नसकेको हैषियत बनाएर बाहिरिएका थिए । त्यसबेला २०७५ जेठ १ मा उनले खाएको कसम पूरा भएको थियो ।

२०७३ भदौ २६ गते उनी पहिलो पटक प्रमुख कार्यकारीमा नियुक्त भएपछि बिजुली चोरी गर्ने गिरोह, ठग कर्मचारी र विचौलियाको उनले सातो खाएका थिए । २६ प्रतिशतको विद्युत लापरवाहीलाई १५ प्रतिशतमा झारेका थिए । नोक्सानमा रहेको प्राधिकरणको खातामा उनले ११ अर्ब ६८ करोडको खुद नाफामा दर्ज गरेका थिए । यो सत्य हो बेथितिलाई थितिमा ल्याउन उनलाई जरुर चुनौती छ यद्यपि महान सम्भावनाका ढोकाहरू भने खुलै हुनेछन् । मुलुकले आशा र भरोसा गरेको छ, घिसिङले देश र नागरिकलाई पक्कै निराश र उदास बनाउने छैनन् ।

विजुली नपुगेको ८ प्रतिशत घर धुरीमा उज्यालो पु¥याउनु अबको उनको दायित्व हुनेछ । गुणस्तरीय विजुली पाउने उपभोक्ताको हकलाई सुरक्षित बनाउनु पर्नेछ । खपतपछिको विजुली बेचेर आम्दानी बढाउनु जरुर चुनौती छ । अन्तरदेशीय प्रसारण लाइन विस्तार गर्नुपर्ने छ, अव्यवस्थित तार र पोललाई सुधार गर्नुपर्ने घिसिङको दायित्व छ, सँगै उनको अभिव्यक्तिमा शक्तिशाली दम छ । ‘प्राधिकरण अस्तव्यस्त हुँदा अन्य क्षेत्रहरू ध्वस्त हुन्छन् । ’ घरको अगेनोमा आगो बोलेन भने असारको रोपाई जरुर विग्रन्छ ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङको धब्बा लागेको मुलुकमा उनले गरेको पहल र प्रयास परिणाममुखी बन्यो । ३५ अर्वको नोक्सानलाई नाफामा लैजानु चानचुने कुरा थिएन् । प्राधिकरणभित्र कस्तो वेथिति रहेछ भन्ने कुरा तत्कालीन समयको प्रतिवेदनले प्रकाश पारिसकेको छ । उनी हटेपछि फेरि विद्युत प्राधिकरणले कुबाटो समाएको थियो ।

कुलमानको मानमर्दन गर्न स्वनियुक्ती लिएका कतिपय काकाकुलहरूलाई असल मान्छेभन्दा अर्को ठूलो भगवान हुँदैन भन्ने कुरा पच्दैन । गफाडीहरूका लागि काम गर्ने कर्मयोगी कुलमानहरू शत्रु झैं लाग्छन् । नेपाली उद्योगधन्दा चौपट बनाएर यहाँ इन्भर्टर र जेनेरेटरको बजार व्यवस्थापनको जिम्मा लिएका कमिसनखोरहरूका लागि कुलमानहरू शत्रु नै हुन् । ती नेपाली जसलाई लोडसेडिङ्ले हरक्षण कोर्रा बर्साउँथ्यो तिनका लागि कुलमानहरू भगवान नै हुन् ।

राज्य सञ्चालनको पद्धति दन्त्यकथा बनाइसकेका तिनै दानव दैंत्यहरू पद्धति र प्रणालीको विकासे कुरा गर्छन् तर काम गर्दैनन् । कुलमानको मानमर्दन गर्न स्वनियुक्ती लिएका कतिपय काकाकुलहरूलाई असल मान्छेभन्दा अर्को ठूलो भगवान हुँदैन भन्ने कुरा पच्दैन । गफाडीहरूका लागि काम गर्ने कर्मयोगी कुलमानहरू शत्रु झैं लाग्छन् । नेपाली उद्योगधन्दा चौपट बनाएर यहाँ इन्भर्टर र जेनेरेटरको बजार व्यवस्थापनको जिम्मा लिएका कमिसनखोरहरूका लागि कुलमानहरू शत्रु नै हुन् । ती नेपाली जसलाई लोडसेडिङ्ले हरक्षण कोर्रा बर्साउँथ्यो तिनका लागि कुलमानहरू भगवान नै हुन् ।

भगवानभरोसा आम नेपालीको सर्वोत्कृष्ट सहारा हो । दैनिक १८ घन्टाको लोडसेडिङलाई ‘नो लोडसेडिङ’ बनाएर आफ्नो इमान्दारी, कौशल र समर्पणसहित भगवान नै बने कुलमान । तिनका लागि होइन जसलाई बिजुली आउनु र जानुले केही फरक पारेन । तिनका लागि मात्रै भगवान जो बिजुली नआउन्जेल पर्खिरहन्थे । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको नेतृत्व नलिँदै नेपालमा बिजुलीको हाहाकार थियो जहाँ समग्र नेपालीको जीवन नर्कमय थियो । जनजनको जीवनलाई लोडसेडिङको कालकोठरीमा रोइबस्न बाध्य बनाउने योजनाका सुत्रधारहरूले आफ्नो र आफन्तका लागि के कति कमिसनको चलखेल गरे होलान्, तिनै जानुन् । चलखेलबाट जे जति जगेडा गरे पनि सायदै तिनको मनले शान्ति पाएको छ ।

यो चमत्कार कुलमान एक्लैले गरेको पनि होइन । तर एउटै मान्छेका कारण यो चमत्कार सम्भव भएको भने सत्य हो । एउटै मान्छेले हो फरक पार्ने ।

हो, एक्लैले गर्न सक्दैन । यो चमत्कार कुलमान एक्लैले गरेको पनि होइन । तर एउटै मान्छेका कारण यो चमत्कार सम्भव भएको भने सत्य हो । एउटै मान्छेले हो फरक पार्ने । जस्तो नेतृत्व त्यस्तै अनुयायी । कैंयन असल मानिसहरू अनुयायीको मात्रै ल्याकत राख्छन् । थोरै मान्छे नेतृत्व गर्न सक्ने हैसियत राख्छन् । कुलमान आफ्नो काममा एउटा सिद्धहस्त नाम हो । ओलीले फाँक्कैमा उनीमाथि शङ्का गरिरहे । यस्तो लाग्छ कुलमानलाई जनताले जसरी बुझेका छन् त्यो बुझाइले लाज नभएको राजनीति गर्नेहरूलाई सिध्याउने छ । मानौं, कुलमानलाई फेरि काम गरेर देखाउने मौका दियो भने जनताले कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउने छन् ।

कुलमानलाई फेरि दोहो¥यायो भने कुलमान जस्तै अनेक ‘मान’हरूको हौसला बढ्नेछ भन्ने पिर बोकेर सत्ता टिकाइरहेको ओली सरकारको सरोकार जनता होइन आफ्नै आसेपासेहरूको हालिमुहाली थियो ।

कुलमानलाई फेरि दोहो¥यायो भने कुलमान जस्तै अनेक ‘मान’हरूको हौसला बढ्नेछ भन्ने पिर बोकेर सत्ता टिकाइरहेको ओली सरकारको सरोकार जनता होइन आफ्नै आसेपासेहरूको हालिमुहाली थियो । आम नेपालीको भाग्य भनौं वा भगवान, कुलमानले केही गरेको होइन । आफूले लिएको पद र कर्तव्यप्रति आफैलाई समर्पण गरेको मात्रै हो । हाम्रो नेपालमा त्यही पनि ठूलो कुरा हुन्छ । हुनै पर्छ, किनकी कहिले काहिँ नेपाली जनताको भाग्यमा कुलमान जस्तै भगवानहरू आइपर्छन् । पद र कर्तव्यप्रति इमान्दारीका साथ समर्पित हुने संस्कार बसेको भए नेपाल उहिल्यै समृद्ध भैसक्थ्यो । नेपाली उहिल्यै खुशी भैसक्थे । नाराले कानलाई रमाइलो बनाउँछ तर मनलाई होइन ।

जम्मा ४ वर्षमा नेपाल विद्युत प्राधिकरणको ३४ अर्ब ६१ करोड घाटाको खाडल पुरेर खुद नाफा र सञ्चित नाफा ११ अर्ब ५ करोडमा लैजानुले कमिशनखोरका लागि लाजमर्दो बनाइदियो । कर्मचारीलाई तलब खुवाउन असमर्थ प्राधिकरण ऋणात्मक अवस्थाबाट धनात्मक अवस्थामा पुगेको विर्सन मिल्दैन् । अँध्यारोमा रहनेलाई उज्यालो दिनु, चुहावट घटाउनु, प्रशासनिक सुधार गर्नु, आयात घटाएर आत्मनिर्भरको बाटो अँगाल्नु दैत्यहरूका लागि मुटु पोल्ने काम बन्यो ।

२०७३ भदौमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि मात्रै उनको कुशल व्यवस्थापकीय काइदाले लोडसेडिङ हटेको कुरा नागरिकले महसुस गरेको सत्य हो । प्रधानमन्त्रीभन्दा उनको ‘क्रेज’ बढ्नु यसैको उपज हो । भारतसँग बिजुली नकिनी १८ घण्टाको लोडसेडिङ हट्नु यसैको उपज हो । प्राविधिक कारण देखाएर बिजुली काट्दा पनि उपभोक्तालाई सूचना दिन आवश्यक छ । पूर्वसूचना विना नै विद्युत् काट्दा उपभोक्ताले सास्ती र हैरानी व्यहोर्नु परेको छ । बेला न कुबेला झ्याप्प बिजुली जाँदा विद्युत् नियमन आयोग चाल नपाए जस्तो गर्छ । आयोगले अहिलेसम्म कुनै कार्यविधि तयार गर्न सकेको छैन् । प्राधिकरणको लापरवाहीलाई कारवाही गर्ने आयोग नै मौन हुँदा उपभोक्ताले थप कष्ट खेप्नु परेको छ । विद्युत् नियमन ऐन–२०७४ को दफा १९ अनुसार आयोगको निर्देशन पालना नगरे वा पूर्व सूचना नदिई विद्युत् सेवा अवरुद्ध भए ५ लाख जरिवाना गर्ने नियम छ ।

प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताइरहन्छ तर लोडसेडिङ भने भइरहन्छ । लोडसेडिङ होइन प्राविधिक समस्या भएको जिकिर गरे पनि विद्यत् कटौती भइरहेको छलङ्ग छ । माग र आपूर्ति बराबर हुँदा पनि किन बिजुलीमा गैरहन्छ ? कोरोनामा बिजुली चुहावट भएको तथ्य बाहिर आएको छ । अँध्यारो बेचेर खान पल्केका ठालुहरूको निद हराम भएको छ । जेनेरेटर, इन्भर्ट र व्याट्री बेच्ने माफियालाई २÷४ घण्टा लोडसेडिङ हुँदा मनग्य लाभ हुन्छ । उर्जा खपत र वचतको प्रणाली विकास गरेर १५ प्रतिशतको हाराहारीमा भएको चुहावट रोक्न आवश्यक छ ।

हजार पटक विचार गरे पनि वरको ढुङ्गा पर सर्दैन तर एक पटक पहल गर्ने हो भने काम तमाम हुन्छ । दोहो¥याउनु जाहेज छैन् भन्ने मतलाई सरकार आफै खण्डन गर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र संवैधानिक पदमा जान दोहो¥याउन मिल्छ भने एउटा संस्थालाई सुदृढ गर्न कुलमानलाई किन तगारो लगाइयो ? निर्वाचनमा जनजनले धुलो चटाएकाहरू संविधानको कुनै धाराको क्रेन चढेर त्यही पदमा पुग्न मिल्छ ? प्रश्नहरूले सरकारलाई जवाफदेही बन्न आग्रग गरे पनि आनकानको राजनीति चल्यो ।

 

संसारमा झिंगाका सरापले डिङ्गा मरेका छैनन् । कमब्याकको विरोध गर्नेहरू फेरि पनि धुलो चाट्ने छन् अनि, दरी आढेर सुत्ने छन् । तिम्रो नाम तीन कोटी जनको मनमा नमेटिने गरि लेखिने पक्का छ । वेलकम कुलमान घिसिङ दरो छाती गरेर काम गर्नू, हार्दिक बधाई सफल कार्यकालको लागि सतत् शुभकामना ।

अर्को कुरा जसले काम गर्न सक्छ उनीहरूले हार मान्नु हुँदैन अर्थात् कुलमानहरूले हार मान्नु हुँदैन । हामी नेपालीलाई कुलमानहरूको खाँचो छ किनकी हामी सबै कुलमानजस्तै हुन चाहन्छौं । टाट पल्टेका सरकारी नियगहरूमा आधा दर्जन कुलमान जस्ता भगवान आउने हो भने जरुर समृद्धि आँखाले देख्छ । दूधमा मिसिएको पानी पनि दूध । विषमा मिसिएको अमृत पनि विष । खैर, अनेक बहानामा अनेकन गलत काम गर्न पछि नहटेको ओली सरकारले जनजनको उज्यालो घर देख्न चाहेन । र, त विभिन्न बहाना बनाएर कुलमान घिसिङलाई परपर घचेट्यो । नेपालीको जीवनबाट फेरि पनि सनैसनै उज्यालो खोस्यो । उज्यालोमा रहने स्वतन्त्रता छिन्यो । देउवाको गठबन्धन सरकारले गरेको यो निर्णय दीर्घकालसम्म नेपाली जनताका लागि स्वागतयोग्य सावित हुनेछ । संसारमा झिंगाका सरापले डिङ्गा मरेका छैनन् । कमब्याकको विरोध गर्नेहरू फेरि पनि धुलो चाट्ने छन् अनि, दरी आढेर सुत्ने छन् । तिम्रो नाम तीन कोटी जनको मनमा नमेटिने गरि लेखिने पक्का छ । वेलकम कुलमान घिसिङ दरो छाती गरेर काम गर्नू, हार्दिक बधाई सफल कार्यकालको लागि सतत् शुभकामना ।

suresh.ranabhat@gmail.com

कमेन्ट्स
Loading...