सुचना, समाचार र मनोरन्जन

मुकुन र लक्ष्मीको सकियो दुइवर्षपछि ‘बिच्छेद’,प्रदर्शनको छैन टुङ्गो

काठमाडौ । नेपाली फिल्म निर्माण गर्दा थालेको तीन हप्ता आसपासमा छायांकन सकिन्छ । तर, २०७६ वर्षको चैत ५ गतेबाट छायांकन सुरु भएको फिल्म ‘बिच्छेद’ भने छायांकन सकिन नै २ वर्ष लागेको छ ।

यो फिल्मको लगातार फिल्म छायांकन भएर दुइ वर्ष लागेको भने होइन । सरकारले छायांकन भएकै वर्ष अर्थात २०७६ चैत ११ गतेबाट कोरोना महामारीका कारण देश लकडाउन लगायो । फिल्मको छायांकन सुरु भएको एक साता पुग्न नपाउँदै देशभर लकडाउन भएपछि फिल्मको छायांकन अधुरै रहेको थियो । अधुरैमा छायांकन रोकिँदा ठूलो आर्थिक क्षति यस फिल्मका निर्माण टिमले भोग्न पुग्यो । यस फिल्मका निर्माता राज पण्डितका अनुसार अनुमानित रकम भन्दा बढि यस फिल्ममा खर्च भएको छ ।

निर्माण टिमले बाँकी रहेको सिन शनिवार रामेछापको एक गाउँमा खिचेको छ । फिल्मको अन्तिम सिन खिँच्दै निर्देशक सत्यराज चौलागाइँले फिल्मको सम्पुर्ण छायांकन सकिएको बताए । फिल्म ‘बुल बुल’बाट चर्चामा आएका अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको फिल्ममा प्रमुख भूमिका रहेको छ । उनीहरुका साथमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापाको पनि अभिनय छ ।
फिल्म गाउँले परिवेशमा आधारित निर्माण भएको फिल्मलाई राज पण्डित, सुबास राई र साबि बज्राचार्यले लगानी गरेका छन् । त्यस्तै, फिल्ममा संकल्प भुजेलको छायांकन, एसडि योगी र सुरज थापाको संगीत रहेको छ । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।

कमेन्ट्स
Loading...