सुचना, समाचार र मनोरन्जन

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन

पोखरा :

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनयन भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्रीले सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनयन गरेका हुन् ।

२०७९ को आमनिर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा यसअघि कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री थिए । थापालाई नेपाली काङ्ग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा ६ बमोजिम दलको उपनेतामा मनोनयन गरिएको जनाइएको छ ।

कमेन्ट्स
Loading...