सुचना, समाचार र मनोरन्जन

सुहानाको ‘भगवत् गीता’मा जोडिए विपिन

काठमाडौं :

भर्सटायल अभिनेता विपिन कार्कीलाई फिल्ममा काम गर्न भ्याई न भ्याई छ । उनी एक पछि अर्को फिल्ममा व्यस्त रहेका छन् । हालै फिल्म ‘प्रसाद२’को छायांकन सकेका कार्की अर्को फिल्ममा अनुबन्धित भएका छन् । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको फिल्म ‘भगवत् गीता’मा प्रवेश गरेका हुन् । अभिनेता कार्की र निर्माण टिमका तर्फबाट कागजी सम्झौता भएको हो ।

यस फिल्ममा अभिनेत्रीका रुपमा सुहाना थापा र अभिनेताका रुपमा धिरज मगर यस अघि नै फाइनल भइसकेका छन् । सुहाना र धिरजको मुख्य भूमिका रहने फिल्म ‘भगवत् गीता’मा अभिनेता कार्की पनि जोडिएका हुन् । उनलाई निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापासँग कागजी संझौता गरेका छन् ।

एक साता अघि निर्माण टिमले फिल्मका लागि अभिनेता सौगात मल्लसँग फाइनल गरेको थियो । तर, सौगातले समय नभ्याउने कुरा निर्माण टिमसँग राखेपछि विपिनसँग निर्माणपक्षले फिल्ममा लिएको बुझिएको छ । यहि माघको २० गतेबाट सुरु गर्ने योजना निर्माताको छ ।

कमेन्ट्स
Loading...