सुचना, समाचार र मनोरन्जन

 विपिनको हातमा फिल्म नै फिल्म 

काठमाडौं : 

आगामी फागुन ५ गते प्रदर्शन हुन लागेको फिल्म हो ‘फूलबारी’ । यति बेला यो फिल्मका टिम आफ्नो फिल्मको प्रचारप्रसारमा व्यस्त देखिएको छ । यहि फिल्मका कलाकार विपिन कार्कीको यो वर्षका लागि दोस्रो फिल्म हो ।

यस फिल्ममा उनले ६० वर्ष उमेरका एक पात्रका रुपमा आफुलाई दर्शकमाझ प्रस्तुत गरेका छन् । अन्य फिल्म भन्दा यस फिल्ममा विपिनको चरित्र चित्रण फरक छ ।

नेपालका पछिल्लो समयका व्यस्त रहेका विपिन कार्कीका लागि सेड्युल मिलाउन नै हम्मे हम्मे परेको देखिन्छ ।  गत साता फिल्म ‘प्रसाद २’ सकेका उनले आगामी साताबाट फिल्म ‘भगवत् गीता’को छायांकनको तयारीमा छन् । त्यसपछि ‘पशुपतिप्रसाद’को स्पिनअफ ‘भष्मे डन’मा उनी व्यस्त हुनेछन् । त्यसपछि उनी ‘हरि’ फेम्ड निर्माताको आगामी फिल्म ‘चलचित्र’मा हुनेछन् । त्यसपछि भने  उनले फिल्मबाट केहि समय ब्रेक लिने जानकारी दिएका छन् ।

फागुन ५ गते रिलिज हुने फिल्मको प्रचारमा हिडेका विपिनलाई कामको चापले गर्दा आफ्नो सडक दुर्घनामा पर्दा खुट्टामा लगाइएको स्टिल निकाल्न समेत फुर्सत भएको छ । त्यसैको लागि उनी आफुलाई पाँच महिनाको समय फुर्सदमा राख्ने सोचमा रहेका छन् ।

कमेन्ट्स
Loading...