काठमाडौं :
फिल्म ‘भष्मे डन’ निर्माणको घोषणा भएको छ । आइतबार काठमाडौंमा निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको नाम घोषणा गरेको हो । साथै फिल्मको छायांकन आगामी फागुन १२ गतेदेखि हुने जानकारी गराइयो ।
‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको अवसर पारेर यहि फिल्मका पात्र ‘भष्मे डन’नामबाट लिइएको हो । निर्देशक दीपेन्द्र के खनालका अनुसार पत्रकार सम्मेलनमार्फत तत्काल ‘पशुपतिप्रसाद २’ बनाउने सोच नभएको बताए । यस फिल्ममा पशुपतिप्रसाद अर्थात खगेन्द्र लामिछाने हुने छैनन् ।
फिल्ममा विपिन कार्की भष्मे डनको चरित्रमा हुनेछन् । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभु पौडेल, प्रकाश दाहालजस्ता सहायक कलाकार समेत छन् ।