सुचना, समाचार र मनोरन्जन

बिरिङले पटक पटक दुःख दियो, तर बन्यो पर्यटकीय स्थल

काठमाडौं ।

बिरिङ खोलाले वषेनी सताए पनि त्यहाँस्थित बाँसबारीका स्थानीय आफ्नै साविक स्थनमा बसिरहेका छन् ।
अहिले यो स्थान पर्यटकीय स्थल बनेको छ ।

अहिले बाँसबारी क्षेत्र सितल र एकान्त खोज्दै जानेहरुका लागि गन्तव्य बन्दै गएको छ । घना बाँसघारी र रुखविरुवाको हरियालीले अनि उत्तर–पश्चिम भएर बग्ने विरिङ खोलाको पानी छोएर बग्ने शितल हावाका कारण वनभोज खानेहरुका लागि पनि गन्तव्य हुन थालेको छ ।

कौडीको मोल भएका जग्गाहरु दशौं लाख रुपैयाँ कठ्ठा पर्ने भएका छन् । गाउँ छाड्नेहरु फर्किन थालेका छन्, र नयाँ बस्ती विकास शुरु भएको छ ।

नमूना सामुदायिक वनभित्रको प्राकृतिक झिल बाहेक निर्माण गरिएका मध्ये सम्भवतः अर्जुनधारा नगरपालिकाकै सबैभन्दा ठूलो पोखरी त्यहीं छ । त्यो साढे दुई विगाह जग्गामा फैलिएको छ ।

Parichay

त्यहाँ आन्तरिक पर्यटनका लागि बोटिङ गराउने तयारी शुरु गरिएको पराजुली बताउँछन् । त्यसै गरी वनभोज र बाल उद्यानको काम पनि युवाहरुको अगुवाइमा शुरु गरिएको छ ।

उनी भन्छन्, ‘सिर्जनशील तथा वेरोजगार युवाहरुलाई गाउँमा नै रोजगार सिर्जना गर्ने उद्देश्यले युवाहरुको उपसमिति गठन गरी गाउँलाई नै पर्यटन क्षेत्र बनाउन लागिएको छ । त्यसो गर्न सकेमा केहीले जागिर र केहीले व्यवसाय गर्ने वातावरण सिर्जना हुन्छ भन्ने हाम्रो सोचाइ छ ।’

दुई–दुई पटक विरिङले साविक अर्जुनधारा– ५, बाँसबारीमा रहेको आफ्नो घरखेतै बगाएपछि केदारनाथ पराजुलीले गाउँ छाडे । त्यसपछि उनले आफ्नो कर्मक्षेत्र दमक बनाए । उतै उद्योग गरे, व्यावसाय गरे, सामाजिक संघसंस्थाहरुमा रमाए । तेह्र बर्षसम्म उनी गाउँको मुहार हेर्न समेत फर्केनन् । एक दिन स्थानीय छिमेकी खड्ग चौहान उनको घर पुगे, कि त आफ्नो परिवारलाई पनि यतै काम र बास दिन, कि त गाउँ फर्किन अनुरोध गरेपछि उनी गाउँ हेर्न पहिलो पटक फर्किए ।

रौद्र विरिङले क्षतविक्षत् बनाएको गाउँको माया लाग्यो उनलाई । त्यसपछि २०५४ सालमा अर्जुनधारा दैविक प्रकोप व्यवस्थापन समूहको पुनर्गठन गरेर पहिलो पटक उनी सामाजिक काम मार्फत गाउँसँग पुनः जोडिए । त्यसपछि त्यो संस्थाको लागि एक कठ्ठा जग्गा आफैले दिए, त्यो जग्गामा लुथरन वल्र्ड फेडरेशनले एक तला र आफूले एक तला गरी दुई तलाको पक्की भवन निर्माण भयो । त्यही छोटकरीमा डीएमसी नाम गरेको संस्थाले गाउँ संरक्षणको जिम्मेवारी उठायो ।

यस संस्थाले खोलाधार संरक्षण, तटबन्धन, बायो इन्जिनियरिङ, खानेपानी, बाटो, सिंचाई, प्रकोप व्यवस्थापन लगायतको क्षेत्रमा काम गर्न थालेपछि बिस्तारै खोलालाई एउटै धारमा बहने गरी व्यवस्थापन हुँदैआयो । खोला वरपर पर्याप्त वृक्षरोपण भए । तारजालीहरु लगाइए । बाटो नभएको गाउँमा तत्कालिन जिल्ला विकास समिति, अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा बाटो, सिंचाइका लगायतका कामहरु भए । बिस्तारै गाउँ बस्न योग्य हुँदै आयो । सबै काम छाडेर यतिखेर केदार पराजुली गाउँमा नै बस्छन् । र, पूर्णकालिन समाजसेवामा छन् ।

Comments
Loading...