सुचना, समाचार र मनोरन्जन

कसको फोन उठ्छ त मुख्यमन्त्रीज्यू ?

  •  
  •  
  •  
  •  

–विष्णु गौतम

पोखरा / 

कोरोनालाई अरू केही भन्नु पर्दैन तर एक खालको काल हो । यसको मृत्युदर अन्य रोगको भन्दा कम नै छ यद्यपि यससँग जोडिएर आउने कुराहरूले आधाआधी जो कोही त मरेतुल्य बनेका छन् । कोरोना पुष्टीसँगै साईरन बजाउँदै आउने एम्वुलेन्स, एम्वुलेन्समा चढ्दा आसपासका घरबाट चिहाएर हेर्नेहरूको घृणित दृष्टिकोण अनि आईसोलेसन अस्पतालले गर्ने रूखो व्यवहार यसको प्रतिविम्ब हो । एकपटक अनुमान लगाउनुहोस् त मानौं तपाईंलाई कोरानाले छोयो । माथिका हरफले भने जस्तो कस्तो प्रभावपार्ला ? हो, पोखरा महानगरपालिका १९ को स्थायी बासिन्दा भएका नाताले हिजो मात्रै मैले देखेको दूर्दशा पनि ठ्याक्कै यो भन्दा फरक थिएन मेरो वडाका अध्यक्षमा । तर उनीमा कोरोना सङ्क्रमण भने छैन ।

पोखरा महानगरपालिकाका सचेतक शोभामोहन पौडेलको हिजोको दिन फोनमै बित्यो त्यो पनि नउठ्ने फोनमा । लकडाउनको अन्त्यसँगै पोखराका केही वडाहरूमा सोचेभन्दा अत्याधिक रूपमा कोरोना सङ्क्रमितहरू भेटिन थालेका छन् त्यो पनि घरको आगन नकटेकाहरूमा । स्वभाविकै हो वडावासीमा कोरोनाको सङ्क्रमण बढेपछि अभिभावकको हैषियतमा चासो र चिन्ता वढ्नु । उनीमा कोरोना नलागे पनि उनको अवस्था देख्दा लाग्थ्यो वडाका १० जना सबै कोरोना सङ्क्रमितहरूको तनाव उनीमा मात्रै केन्द्रित थियो ।

अध्यक्षको कुर्चीमा बसेका उनी घरी उठ्ने र घरी बस्ने गर्दै एक्लै फत्फताउदै गर्दाको दृश्य साहै कारूणिक नै थियो । “यस्ताखालका नेताले देश चलाएपछि कसरी कोरोना नियन्त्रण गर्न सकिन्छ त ?” उनले लगातार ११ वटा फोनको रेस्पोन्स नभएपछिको आफैँसँग पोखेको आक्रोश थियो । उनलाई नजिकैबाट निहालेको थिएँ मैले । मलाई देख्ने बित्तिकै उनले भने “तपाईलाई कस्ले भित्र छिर्न दियो ?”

मैले म कोरोनाको पारिवारिक विमा गर्न लागेको र त्यसको लागि जिल्लाबाहिर नगएको भन्ने प्रमाणित सिफारिश भयो भने आधा शुल्क अनुदान हुन्छ रे त्यसैले म कतै गएको छैन मलाई सिफारिश दिनु प¥र्यो । मेरो कुरा सुन्ने वित्तिकै आडैमा रहेका अर्का कर्मचारीले भने कोरोनाको बिमा हुन्छ र ? ती कर्मचारीको कुरा काट्दै वडा अध्यक्षले भने “हो र त्यस्तो व्यवस्था पनि छ र ? त्यसो भए ठीकै छ तर तपाईं जिल्लाबाहिर नगएको मैले कसरी प्रमाणित गर्न सक्छु त ? मैले भने त्यसको लागि तपाईंको संयन्त्रबाट बुझ्नुस् ।

हिजो आईसोलेसनमा लगेकी एक महिला ८३ वर्षकी हुनुहुन्छ उहाँलाई अरूको जस्तो खानपिनले हँुदैन आज बिहान म जाँदा उहाँले रुदै भन्नु भो ‘हिजोबाट केही खान पाएकी छैन लौन बाबु तातो पानी भए पनि ल्याईदेउ न ?”

तत्कालै हातमा भएको मोवाईलमा पुन फोन डायल गर्दै आडैमा भएका कर्मचारीलाई भने “ल उहाँको काम बुझेर तत्कालै गरिदिनुस् त ।” महानगरको वडा नं. १९ पछिल्लो समय कोरानाको रेड जोन बनेको छ । जहाँ कुनै पनि ट्राभल हिस्टी« नभएका ११ जनामा कोरोना सङ्क्रमण भयो । एक जनाको चारदिन पहिला मृत्यु नै भयो । उनले भने, ‘आज बिहानदेखि एक सय पटक फोन डायल गरें होला मेयर, मुख्यमन्त्री, स्वास्थ्य विभाग निर्देशक, सामाजिक विकास मन्त्री, माथिल्ला नेता कसैले पनि रेस्पोन्स गर्दैनन् ।’ डायल गरिएको फोन मेयरलाई रहेछ उनको फोनमा माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोजेको मोवाईलमा अहिले सम्पर्क हुन सकेन भन्ने टोनसँगै उनी झर्के । हैन यिनीहरूले कस्को फोन रेस्पोन्स गर्छन् हँ ।” कहिले उठ्दैन कहिले लाग्दैन कहिले अफ हुन्छ । यस्ता पनि नेता हुन्छन् यो देशमा । उनले फतफताउदै अर्को फोन गरे ।

अब खोल्न थाले वडा अध्यक्षले एक घण्टाको अवधिमा तीनदिन भरिको गुनासो । हिजो आईसोलेसनमा लगेकी एक महिला ८३ वर्षकी हुनुहुन्छ उहाँलाई अरूको जस्तो खानपिनले हँुदैन आज बिहान म जाँदा उहाँले रुदै भन्नु भो ‘हिजोबाट केही खान पाएकी छैन लौन बाबु तातो पानी भए पनि ल्याईदेउ न ?” उनको यो वाक्यले मलाई दुई तिहाईको रवैया निकै गहिरो गरि बिझ्यो, नेकपाकै वडा अध्यक्षलाई पनि राम्ररी बिझेछ ।

तत्कालै सामाजिक विकास मन्त्री नरदेवीपुनलाई अस्पतालको समस्या भन्न फोन गरेछन् तर उल्टै मन्त्री पुनको थर्काइले उनलाई निकै निराश बनाएछ । उनले भन्दै गए मैले अस्पतालको समस्या र व्यवस्थाको बारेमा जानकारी गराएपछि उहाँले उल्टै मलाई थर्काउनु भो । तातोपानीको व्यवस्था छ अरू के गर्न सकिन्छ । बोल्दाबोल्दै काटिएको फोन अहिले सम्मकति पटक डायल गरे तर रेस्पोन्स शून्य अनि कसरी हुन्छ । केही गर्न नसके पनि रेस्पोन्स गर्न त सकिन्छ नि कसैले रेस्पोन्स नगर्ने पनि हुन्छ । आज सोच्न थालेको छु मन्त्री सांसद, मेयर जनताका हुन् कि उनीहरू आफ्नैका लागि हुन् ?

कोरोनाको सङ्क्रमण बढेपछि वडालाई शिल गर्ने अनुमति मागे पनि महानगर र प्रशासनले त्यो अनुमति दिएन तर पनि दैनिक दुई तिनवटा विज्ञप्ति निकाल्ने र सडकमा आफै निस्किएर अनावश्यक काममा घर बाहिर ननिस्कन उर्दी जारी गरेको कुरा सुनाए । कुराकानीकै क्रममा हिजो मात्रै ४ जनालाई कोरोना पोेटिभ देखिएर प्रदेश सरकार अन्र्तगत्को अस्पतालमा आइसोलेसनमा राखेको छ । तर आज बिहानसम्म उनीहरूले खान नपाएको कुराले उनलाई निकै दुःखी बनाएको रहेछ । उनले भने “हामी होमआइसोलेसनमा राख्छौं भन्दा समुदाय र प्रशासन मानेन तर लगेपछि खान त दिनु प¥यो नी ?

कुराकानीकै विच माउनले उनले अनुमति माग्दै भने म फेरि मन्त्रीलाई फोन हान्छु है त, फोन गरे तर किन उठ्थ्यो र फोन पारा उही नै हो । पुनःमुख्यमन्त्रीलाई व्यक्तिगत नम्बरमा फोन गरे उताबाट फोन काटियो । त्यस पछि मेयरलाई हाने उनको अफ । फोन घुमाउन जान्नेहरू नै फोनमा आफै फनफनी घुमेको भान भयो मलाई ।

लामो सुस्केरा हाल्दै भने “अब महानगरको स्वास्थ्य विभाग प्रमुख हेमन्तलाई फोन गर्छु उठेन भने मेरो वडाका सबै कोरोना सङ्क्रमितलाई फिर्ता ल्याउँछु र होम आईसोलेसनमा राख्छु मेरै अनुगमनमा । कम्तीमा खान नपाएर त नमर्लान् । कुरा हुँदै गर्दा हेमन्तको फोन उठ्यो वडा अध्यक्षले एक सासमा भने“ हेमन्त सर मेरो वडाका सबै कोरोना सङ्क्रमितलाई एम्बुलेन्समा हालेर पठाईदिनुस् म होम आइसोलेसनमा राख्छु ।

कुरा गर्दै गए पोषिलो खानेकुरा त परै जाओस् सामान्य खानेकुराको पनि अभावमा म मेरा जनतालाई राख्न सक्दिन । कोरोनाको उपचार भनेको के हो र ? सामान्य बोली, तातो पानी ज्वरो आउला जस्तो भए सिटामोल त्यति पनि व्यवस्था गर्न नसक्ने प्रदेश सरकारको आईसोलेसन चाहिँदैन मलाई । प्लिज सर जसरी पनि मेरा जनता एम्वुलेन्समा फिर्ता गरिदिनू । सायद उतबाट म बुझेर फोन गर्छु भन्ने खालको आश्वासन आएछ क्यारे यता वडा अध्यक्षले हस् सर तपाँईको फोनको प्रतीक्षामा छु भन्दै फोन राखे ।

फोन राखेपछि ठूलै युद्ध जितेको जस्तै रवाफमा भने बिहानवाट रेस्पोन्स भएको यहि एउटा फोन हो । कसरी काम गर्न सकिन्छ र यो पारामा आफ्नो माथिको नेतृत्वलाई गुनासो गर्दै भने । तातो पानी नै हो रातो चियाखाउँ है भन्दै अनुरोध गरे । चिया खादाँखाँदै मेरो काम पनि बन्यो । मेरो परिवारका ११ जनाको कोरोना इन्स्योरेन्सका लागि जिल्ला नछोडेको सिफारिशमा उनै वडा अध्यक्ष शोभामोहन पौडेलको सहि गराउँ अनि म जान्छु भन्ने आसयमा उठे । उठ्दा उठ्दै उनलाई सोधे तपाईंले भनेको कुरालाई जस्ताको तस्तै अनलाईनमा लेखौ ? उनले हुन्छ भन्ने अनुमति मात्रै होइन सहमति नै जनाए । पढ्नु भयो देशको अवस्था यस्तै छ सबैले गरेको अनुभवलाई मैले लिपिवद्ध मात्रै गरेको हो । त्यसैले अन्त्यमा भन्न मन लाग्यो जो म¥यो उसैको सन्तान टुहुरो, आफ्नो ख्याल आँफै गर्नुहोला । फोन घुमाउन सक्ने ल्याकत र हैषियत भएका जनप्रतिनिधिको त यो हाल र चाल छ भने सामान्य नागरिकको अवस्था कस्तो होला कल्पना गर्नुस् मात्र । कोरोनाकाल कालभन्दा पनि महाकाल बनेर हामीसँगै घुमिरहेको छ ।

कमेन्ट्स
Loading...