सुचना, समाचार र मनोरन्जन

१६ वर्ष मुनिका बालबालिकालाई हलमा प्रवेश दिएको भन्दै अनुगमनमा निस्किए बोर्डका कर्मचारी

काठमाडौं :

फिल्म हलहरुको अनुगमनलाई चलचित्र विकास बोर्डले तिब्रता दिन थालेको छ । बोर्डले सेन्सरबाट उमेरजन्य प्रमाणपत्र अनुसार हलमा दर्शक प्रवेश गराएको भन्ने आरोप लाग्न थालेपछि बोर्डले अनुगमन थालेको हो।

हलमा चलिरहेको बलिउड फिल्म ‘एनिमल’ प्रदर्शनका दौरान हलवालाले १६ वर्ष मुनिका बालबालिकालाई हलमा प्रवेश दिएको आरोप लागिरहेको छ। केहि दिन अघि नयाँ बानेश्वर स्थित वान सिनेमाजमा १६ वर्ष मुनीका बालबालिकालाई समेत प्रवेश दिइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको थियो। बोर्डले आज शुक्रबारबाट सलार रिलिज भएसँगै पुनः हलहरु पुगेर अनुगमन गरेको छ ।

एनिमलपछि प्रशान्त निल निर्देशित दक्षिण भारतीय फिल्म ‘सलार’लाई बोर्डले एडल्ट प्रमाणपत्र दिएको छ । यो फिल्म हेर्नका लागि बालबालिकालाई मनाही छ। त्यसैले शुक्रबार बोर्डका सदस्य कमलपोखरीस्थित बिग मुभिज पुगेका थिए। बोर्डका सदस्यहरु राजु केसी र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्य बोर्डका कर्मचारीसहित अनुगमन गर्दै बिथ मुभिज पुगेका हुन्। बोर्डले अनुगमनमा सक्रियता बढाएसँगै नेपालका हलमा यतिबेला हलहरुले परिचयपत्रहरु नागरिकता र राहदानी मात्र हेरेर प्रवेश दिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.