सुचना, समाचार र मनोरन्जन

‘बुहारी चाहियो घर’ सार्वजनिक

काठमाडौ । ‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भुपेन्द्र सिंह र रेखा जोशीको आवाजमा सजिएको यस गायक सिंहकै शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीवन बडुको रहेको छ ।

इन्जोय नेपाल मिडिया प्रा.लिको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारीका साथमा बाल कलाकार आयुसी ढकाल, जेबिश जेनिस श्रेष्ठ, आदित्य भण्डारीले अभिनय गरेका छन् । भिडियोलाई कोरियोग्राफर सुरेन बसेलले निर्देशन गरेका छन् ।
सुरेनले भने,‘यो गीतको भिडियो निकै मिहिनेत गरेर आफुहरुले सार्वजनिक गरेका छौँ । सायद दर्शकले मन पराउनुहुन्छ होला ।’
सिनेम्याटोग्राफर निरज कंडेलको रहेको छ भने सम्पादन निराजन केसीको छ । सौगात धितालको ड्रोन अपरेटिङ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको मेकअप, असिसटेन्ट कोरियोग्राफी देब दोर्जे लामाको रहेको छ ।

कमेन्ट्स
Loading...