काठमाडौँ :
बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको ‘नाच सुवा नाच’ बोलको गीत युटुबमार्फत रिलिज गरेको हो ।
अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भुमिका रहेको यो फिल्मको गीतमा मोडल अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ।
गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर भरेका छन्। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।
लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्ममा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको छ। फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेको हुन् ।
