काठमाडौं :
फरक फरक भुमिकामा आफुलाई प्रस्तुत गर्दै आएकी सुरक्षा पन्त अभिनीत फिल्म ’बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ। उनले यस फिल्ममा पनि कर्णालीमा रहेकी एक महिला पात्रको भुमिका निर्वाह गरेकी छन्।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक मतभेदका साथै कर्णालीमा रहेको जारी प्रथालाई फिल्ममा प्रस्तुत गरिएको छ । त्यहिको रहन सहनका साथै भाषा पनि मिसाइएको फिल्मलाई लक्ष्मण सुनारले फिल्मलाई निर्देशन गरेका छन।

टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। फिल्मलाई फिल्मका अभिनेता विराज विष्टले पनि लगानी गरेका छन्।
फिल्मको ट्रेलर हेरिसकेपछि निर्देशक सुनारलाई फिल्म त्यहाँको जारी प्रथालाई अन्त्य गर्छ भन्ने कुरामा उनले केहि हदसम्म गर्ने बताए । पहिलाको तुलनामा अहिले पनि जारी प्रथा कायमै रहेको तर,आधुनिक तरिकाको बनेको बताए।
फिल्मको कथा,पटकथा राजबहादुर सानेले लेखेका हुन् भने संवादमा सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्। यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। यही मितिमा ’बिहे पास, जारी र नाईं न भन्नू ल ६’,जारी’ लगायत फिल्म प्रदर्शन हुँदैछ। यहि मितिमा किन फिल्म जुधाएको भन्ने प्रश्नमा निर्माता तथा अभिनेता विष्टले सार्दा सादै यहि समय जुरेको स्पष्ट पारे।