सुचना, समाचार र मनोरन्जन

तनहुँको आँबुखैरनीमा बस दुर्घटना हुँदा २० जना घाइते

पोखरा / 

तनहुँ जिललाको आँबुखेरनीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पृथ्वी राजमागको आँबुखैरेनी ३ खहरेमा बस दुर्घटना हुँदा बसमा सवार १७ जना र स्कुटरमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराएको छ ।

डुम्रेबाट मुग्लिन तर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना २५ प ५२५४ नम्बरको स्कुटर दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइते मध्ये दुई जनाको चितवन मेडिकल कलेज र एक जनाको पोखरामा उपचार भइरहेको छ । अन्यको भने आँबुखैरेनीकै स्थानिय अस्पतामा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।

कमेन्ट्स
Loading...