काठमाडौं । नेकपा सचिवालयको बैठक शुरू हुनुभन्दा केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ ।
पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले उनलाई केक खुवाएका थिए ।
अहिले सचिवालय बैठक जारी छ ।