सुचना, समाचार र मनोरन्जन
Election Commission V2

छविको ‘जेलब्रेक’ घोषणा

काठमाडौं :

बाघ निर्माताका रुपमा चिनिएका छविराज ओझाले बुधबार ५८ औं जन्मदिन मनाउँदै नयाँ फिल्मको घोषणा गरेका छन् । उनले जन्मदिनको अवसरमा फिल्म ‘जेलब्रेक’ निर्माणको घोषणा गरेका हुन् ।

उनी चारवर्षपछि फिल्ममा कमब्याकको तयारीमा छन् । उनका अनुसार माओवादी लडाकु उमा भुजेलको कथामा फिल्म बन्न लागेको हो ।
यस फिल्मलाई ‘झिंगेदाउ’ का निर्देशक ज्ञानेन्द्र देउजाले पटकथा तथा निर्देशन गर्नेछन् । निर्माण टिमले भुजेलको पुस्तक ‘जेलब्रेक’माथि आधारित हुने फिल्मलाई बायोपिक जानरामा राखिएको छ । फिल्मको कथा तयार पारिरहेकाले कलाकारको कुनै टुङ्गो नलागेको छविको भनाई रहेको छ ।

उनले यो भन्दा अर्को एक फिल्म निर्माण गर्ने तयारीमा समेत जुटेका थिए । तर, अहिले उक्त फिल्म कहिलेबाट निर्माण हुने हो एकिन छैन।

कमेन्ट्स
Loading...