काठमाडौं :
अनमोल केसी अभिनित फिल्म ‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक भएको छ । शुक्रबार निर्माता टिमले युटुबबाट टिजर रिलिज गरेको हो । एक मिनेट ४५ सेकेण्ड लामो टिजरमा अनमोललाई एक्सनमा उतारिएको छ। यो फिल्म समग्रमा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथालाई प्रस्तुत गरिएको छ ।
मनाङमा छायांकन गरिएको फिल्मको टिजरले त्यहाँको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथालाई भनेको छ । फिल्ममा अभिनेता अनमोलका साथमा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर लगायतको मुख्य भुमिका टिजरमा देखाइएको छ ।
यस फिल्मका निर्देशक श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् ।
आगामी फागुन १९ गते रिलिज हुने यस फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् ।
दश वर्षअघिको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भएको थियो । धेरैले त्यहि फिल्मलाई कन्टिन्यटी दिने हुन् की भन्ने अनुमान गरेका थिए तर, तर टिजर रिलिजपछि भने कथावस्तु चाहिं भिन्न देखिन्छ ।