काठमाडौं :
ग्याङस्टर ड्रामा ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार दिउँसो १ मिनेट ४० सेकेण्ड लामो ट्रेलर रिलिज भएको हो । जहाँ प्राकृतिक स्रोत हत्याउन तीन ग्याङबीच हुने लडाइ र बदलाको कथा बोलेको छ।निगम श्रेष्ठ निर्देशित फिल्ममा अनमोल केसीलाई मेनगड नामक चरित्रमा देख्न सकिन्छ । ट्रेलरले याङ्की पात्र अर्थात रेशा आलेमलाई अनमोलकी ‘लभ इन्स्ट्रेस्ट’को रुपमा देखाइएको छ ।
निगमको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, चिरन्जिबी अधिकारी र कुमार घलानको पनि अभिनय छ । निर्वाणा फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी छ।
फिल्ममा मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन,राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । यो फिल्म फागुन १९ गते देशब्यापी रिलिज हुँदैछ ।
