काठमाडौं :
दीपकराज गिरी अभिनित तथा निर्मित फिल्म ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको वसन्तपुरबाट पुनःसुटिङ थालिएको हो । निर्माण टिमले फिल्मका मुख्य कलाकार दीपकराज गिरीका केही केहि दृश्य खिचिएको छ ।
दुइ हप्ताको सेड्युलमा काठमाडौं र वरपरका केही गाउँमा फिल्म छायांकन गर्न थालिएको निमांण टिमले जानकारी दिएको छ । यस फिल्मको बुधबार फिल्मको टिजर पोस्टर सार्वजनिक गरिएको थियो भने प्रदर्शनको डेट फागुन १९ गतेलाई तोकिएको छ ।
