काठमाडौं :
हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को रिलज भएको पहिलो गीत ट्रेण्डिङमा आएको छ । लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीत रिलिज भएको तीन दिनमा ट्रेण्डिङ १ आएको हो ।
डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरमा सजिएको यस गीतलाई राजेन्द्र थापाको शब्द रचना गरेका छन् । पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको संगीत भरेको यस गीतमा चुनावको पृष्ठभूमिमा तयार पारिएको भिडियोमा देख्न सकिन्छ । फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका साथमा अभिनेत्री स्वस्तिमा खड्कालाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
‘छक्का पञ्जा’ सिरिजका हरेक गीत हिट छन् । पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेको यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।