सुचना, समाचार र मनोरन्जन

‘छक्का पञ्जा ४’को आयो ‘दर्शन सलाम’ गीत

काठमाडौं : 

फिल्म ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार गीतको भिडियोलाई ओएसआरको आधिकारिक युटुब च्यानलबाट रिलिज गरिएको हो।
दीपक शर्माको संगीत रहेको गीतलाई गायक डेबिड संकरले गाएका छन् । गायक डेबिडलाई गायनमा सहिमा श्रेष्ले साथ दिएकी छन् । यस गीतलाई राजेन्द्र थापाले शब्द रचना गरेका हुन् ।

संगीतकार दीपक शर्माले यस फिल्मको गीत अडियो भन्दा भिडियो राम्रो बताएका छन् । गीतको भिडियो ४ बजे रिलिज गर्ने भनिएता पनि अलिक ढिलो रिलिज भएको थियो ।

भिडियोमा अभिनेता दीपकराज गिरी,केदार घिमिरे,स्वस्तिमा खड्का,बुद्धि तामाङ,दीपाश्री निरौला,निर्मल शर्मा लगायतको अभिनय रहेको छ ।
हेमराज बिसीको निर्देशनमा बनेको यस फिल्मको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । यस फिल्मको सम्पादन निमेश श्रेष्ठ रहेका छन् । यो फिल्म आगामी फागुन २९ गते रिलिज हुने तयारीमा रहेको छ ।

फिल्म ‘छक्का पञ्जा’का अघिल्ला श्रृंखला सुपरहिट भएका थियो ।

कमेन्ट्स
Loading...