सुचना, समाचार र मनोरन्जन

प्रियंका, ऋचा र बेनिशा अभिनित फिल्म ‘चि मुसी चि’ को ट्रेलर रिलिज

काठमाडौं :

फिल्म ‘चि मुसी चि ; इभन डेड डिजाइर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार ललितपुरस्थित क्यूएफएक्स हलमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

कार्यक्रममा प्रियंका कार्की, ऋचा शर्मा र बेनिशा हमाल लगायत कलाकार र फिल्म निर्माण युनिटको उपस्थिति थियो । सार्वजनिक भएको झण्डै तीन मिनेटको ट्रेलरमा प्रियंका कार्की, ऋचा शर्मा,बेनिशा हमाल,राजन खतिवडा,रविन्द्र झालाई देखाइएको छ । जहाँ डाक्टरको भुमिकामा बेनिशालाई देख्न सकिन्छ ।

उपस्थित भएका दर्शकलाई ट्रेलरको अन्त्यतिरको एउटा संवादले छोएको थियो । ‘छोराको चाहामा सानो बच्चालाई बलि दिइयो’भन्ने डाइलकले धेरैको ध्यान खिचेको थियो ।

पत्रकार सम्मेलन भएकाले यो फिल्मको छायांकन गर्दा कतिको तर्साएको थियो भन्ने प्रश्न पत्रकारले सोधेका थिए । जसमा अभिनेत्री प्रियंका कार्की र ऋचा शर्माले केहि अनुभुत गरेको तर,फिल्म भन्दा बाहिरको भएकाले खासै असर नगरेको बताए । यो फिल्ममा अरु भन्दा रोचक कुरा के छ भने फिल्म निर्माता ,निर्देशकका साथै अभिनेता अभिनेत्री नै वास्तविक जीवनमा पतिपत्नी रहेका छन् ।

जहाँ हिट जोडीका रुपमा रहेका प्रियंका र आयुष्मान जोशी यसमा पनि स्क्रिन कपलको रुपमा छन् । जहाँ मण्र्य जेम्स र यश सैनीको निर्देशन र पटकथा छ । फिल्मलाई रिञ्जु केसी र अरुण चक्रवर्तीले निर्माण गरेका हुन् ।उनीहरु कपल जोडी हुन् ।

त्यस्तै फिल्ममा प्रियंका,बेनिशा र ऋचाका अलवा राजन खतिवडा, रविन्द्र झा, बेनिशा र गौरव विष्ट महत्वपूर्ण पात्रको भूमिकामा छन् । विभूति नेपाल र विज्ञ नेपालले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् । सुसन प्रजापतिको छायांकन, यश सैनीको सम्पादन रहेको छ ।

कमेन्ट्स
Loading...