रमेशचन्द्र घिमिरे
किन बस्ने यत्तिकै
घरैभित्र भुली
बनाउने हो पुतली
टालाटुली बटुली
साथीभाइ जुटेर
बसी मिलिजुली
बनाउने हो पुतली
टालाटुली बटुली
थोत्रा थाङ्ना कपडा
ल्याउँला बजार डुली
बनाउने हो पुतली
टालाटुली बटुली
दर्जी दाइलाई भेटेर
झट्टै आऊ प्याकुली
बनाउने हो पुतली
टालाटुली बटुली
निधारमा सुन्टिकी
नाकमा लाउँला फुली
बनाउने हो पुतली
टालाटुली बटुली
फुच्ची हुन्छिन् जामाले
सारी लाउँदा ठुली
बनाउने हो पुतली
टालाटुली बटुली ।
भोर्लेटार, लमजुङ