–रमेशचन्द्र घिमिरे
फकाएर सधैँ
सुत्ने बेला राति
कथा सुनाउने
हजुरआमा जाती
माना चाहिए माना
पाथी चाहिए पाथी
धेरै माया दिने
मेरी आमा जाती
पढ्नुपर्छ एकछिन
ननिदाऊ है नाति
क,ख,ग,घ सिकाउने
हजुरबुबा जाती

बजार जाने बेला
भई साथी साथी
सँगै डुलाउने
मेरा बाबा जाती
हजुरलाई पुज्छु
चढाई फूलपाती
यति ज्ञानी मान्छे
म पनि छु जाती
सबैको छ उत्रै
फराकिलो छाती
सबै उस्तै प्यारा
सबै जना जाती
-भोर्लेटार लम्जुङ