सुचना, समाचार र मनोरन्जन

चौतारी (बालकविता)

– रमेशचन्द्र घिमिरे

छहारीमा बसेर
खाजा खाइन्छ
साथीभाइ कुर्नलाई
ठाउँ चाहिन्छ

थकाइ लाग्दा यसैमा
अडेस लाइन्छ
पीपल र वरको
रूख चाहिन्छ

मीठो धुनमा सुरिलो
गीत गाइन्छ
बजाउन पिपिरी
पात चाहिन्छ

अब भोलि खोजेर
कहाँ पाइन्छ
गर्मी हुँदा शीतलु
हावा चाहिन्छ

कसलाई भन्नु पर्ने हो
भन्न आइन्छ
मास्नु हुन्न चौतारी
शोभा चाहिन्छ ।

– भोर्लेटार, लमजुङ

कमेन्ट्स
Loading...