काठमाडौ । फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर रिलिज भएको छ । बुधबार काठमडौको कुमारी हलमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
म्युजिक नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरमा गाउँबाट सहर आएको एउटा युवाको जीवनको उतार चढावलाई देखाउन खोजिएको छ । दिनेश पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव,श्रृष्टि श्रेष्ठ,निकुन श्रेष्ठ, नविन लम्मासल ,लगायत कलाकारको अभिनय रहेको छ ।
नेपाली युवाहरु पछिल्ला समय राजधानी आएर आधुनिक बन्न खोज्ने गरेका हुन्छन् ।फिल्मले यसैको एक युवाको कथा भन्ने प्रयास गरेको देखिन्छ । अगामी चैत ४ मा फिल्म प्रदर्शन हुने यस फिल्मको ट्रेलरलाई दर्शकले राम्रै प्रतिक्रिया दिएका छन् ।
