काठमाडौं :
मोटर साइकल चलाउनु साधारण कुरा हो । मोटर साइकल अगाडी कुदाउन मान्छेलाई सजिलै लाग्छ । तर, त्यहि मोटर साइकल उल्टो चलाउनु चाही निकै ठुलो कुरा हो । त्यो पनि नेपालको पुर्वी भाग मेचीबाट पश्चिमको महाकाली पुग्नु । यो कदापी चानचुने कुरा होइन । यो एक शाहसी योद्धा बाहेक अरुले गर्न निकै मुस्किल पर्छ ।
सन् २०११मा सरकारले पर्यटन वर्ष मनाउने घोषणा गर्दा उदयपुर त्रियुगा नगरपालिकाका चित्र बहादुर केसीले पुर्व पश्चिमको यात्रा उल्टो मोटर साइकल चलाएर कृतिमान कायम गरेका थिए । सानैबाट केहि फरक धारमा काम गर्न रुचाउने कार्कीले सानै उमेरमा यो शाहस देखाए ।उनको यो शाहसलाई सरकारले समेत मानेको थियो । उनले यो शाहसलाई गिनिज बुकमा समेत नाम लेखाउन लागि परेका थिए । तर, सफल हुन सके सकेनन् । उनै चित्रकुमार कार्कीसँग भोला अधिकारीले यसै विषयमा कुराकानी गरेका छन् ।
के हाल खबर ?
ठिकै छ । काठमाडौं आएको दुइ चार दिन भयो । अहिले काठमाडौँ र घर जाने आउने भइरहेको छ ।

उल्टो मोटर साइकल चलाउने काम सकियो कि ? अझैँ चलाउदै हुनुहुन्छ ?
चलाइरहेको हुन्छु । आफुले जानेको कुरा त छोड्नै भएन नि । कार्यक्रम या कतै माग भएको खण्डमा चलाउछु ।
तपाईले कति सालमा उल्टो मोटर साइकल चलाउन थाल्नुभएको हो ?
मैले सन् २००८बाट नै हो । त्यो समयमा म सानै थिए । बाल क्लवमा रहदै गर्दा छिमेकी दाईको पुरानो आर एक्स बाइक थियो । त्यो समयमा मैले मागेर सिकेको हो ।
आफ्नै मोटर साइकल त होइन मागेरै उल्टो मोटर साइकल कुदाउने अध्यास गर्नुभयो ?
हो, आफुसँग मोटर साइकलथिएन । बुबालेकिन्दने कुरा पनि भएन । हाम्रो तिर भर्खर मोटरसाइकल चलाउने सुरुवात भएको थियो । त्यो समयमा मैले मागेर कुदाउने गर्थे । त्यो पनि मैले राति राति चलाएको हो । दिउँसो त उल्दो बाइक कुदाएको भए बाइकवालाले मलाई दिदैन थिए । त्यहि भएर बाइक सिक्ने बहानामा मैले उल्टो चलाउन सिकेको हो । अर्को कुरा मलाई बाइक कुदाउन सिकाउने कोही पनि थिएन । म आफैले मलाई बाइक चलाउन आउँछ भनेर बाइकवाला दाइसँग मागेर कुदाएको हो ।
उल्टो कुदाउदा त लडियो पनि होला ?
कति लडे लडे । त्यसको लेखा जोखा नै छैन ।
लडेपछि चोट पटक लाग्यो होला या केहि भयो होला कि ? त्यो समयको कुनै नविर्षिने क्षण छ ।
नलड्ने भन्ने त कुरै छैन । पटक पटक लडियो,उठियो तर हिम्मत हारिएन । एक पटक त के भयो भने उल्टो बाइक कुदाइरहेको बेला पल्टियो । बाइक पल्टिदा बाइकको साइलेन्सरले मेरो पिडुँलाको मासु नै पिल्सिएको थियो । कति दिनसम्म त खुट्टा चलाउनै भएन । कति बिजोक भयो भयो नि त्यो बेला । म सानैबाट आँटिलो र फरक काम गर्न रुचाउने भएकाले मैले हार मानिन् । निको भएपछि फेरि कुदाउन थाले । त्यो समयको पिडा सम्झिदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।
दुर्घटनापछि अब कुदादिन भन्ने मनमा कहिलै आएन ?
त्यो भर्खर ८–९ पढिरहेको बच्चा बेलामा साना तिना चोटपटकले केहि नहुने रहेछ । मलाई त्यसले ध्यानै खिच्न सकेन । अझ मलाई विस्तारै हौशलाका स्रोतहरु जुट्दै गए । मलाई हरेक कुरामा लिड गर्नुपर्ने । बाल क्लबमा समेत आबद्ध भएको कारणले अरुको भन्दा भिन्न काम गर्न जोस चल्थ्यो । एक पटक जिल्लामा धेरै वटा स्कुलको विभिन्न कुरामा कम्पिटिसन गर्ने आयोजना भयो । मैले पनि त्यो दिन के देखाउने भन्ने प्लान गरिरहेको थिए ।
कम्पिटिसनको दिन मैले उल्टो बाइक चलाउने निधो गरे । अरु भन्दा फरक काम गर्दा मलाई सबैले चिन्छन् भन्ने पनि लाग्यो । तर, धेरैले उल्टो बाइक कुदाउछ भन्ने पत्यार गरेनन् । अनि मैले त्यो दिन सबैको अगाडी उल्दो बाइक चौरमा गुडाए । सबै चना चकित पर्नुभयो । त्यसपछि मेरो चर्चा सुरु भयो । धेरैले मलाई यहि कार्यक्रममार्फत हौसला दिनुभयो । त्यो मेरो पहिलो स्टेप थियो । त्यसपछि सन् २०११मा मैले मेचिबाट पश्चिमको महाकालीसम्म बाइकल उल्टो कुदाउने निधो गरे र कुदाए पनि । त्यसपछि मैले फर्केर हेर्नु परेन ।
तपाईले गिनिज बुकमा नाम राख्नका लागि हर प्रयास गर्नु भएको थियो । जसका लागि मन्त्रालयल पनि धाउनुभयो ? तपाईले उल्टो मोटर साइकल चलाउछ भन्ने कुरामा अरुले विश्वास गरेका थिए कि थिएनन् ?
थिएन नि । मैले सिंह दरबारमा प्रवेश गर्दा त्यहाँमा मन्त्रीदेखि कर्मचारी सबैलाई राखेर २२०सिसिको पल्सर पहिलो पटक उल्टो कुदाएर देखाएको थिए । त्यसपछि मात्रै हो मलाई उहाँहरुलेपत्याउनुभएको । मेरो पनि पहिलो अनुभव हो यो । किनभने मैले सय सिसिको आर एक्स बाइक कुदाको । त्यहाँ त यति ठुलो बाइक कुदाउनु चानचुने कुरा थिएन । तर, भगवानको भरोषामा सिंहदरबारको भित्र रहेको चौरमा दौडाए । यो मेरो अर्को अहोभाग्य थियो ।
तपाईले उल्टो मोटर साइकल कुदाएरै नाम कमाइसक्नुभएको छ । स्थानिय चुनावमा मेयरमा पनि उमेदवारी दिनुभएको थियो ।आखिर के कारणले तपाईलाई चुनाव लड्नुपर्छ भन्ने लाग्यो ?
म सानैबाट समाजसेवामा लाग्नुपर्छ भन्ने भाव थियो । त्यसैले मलाई उदयपुरको त्रियुगा नगरपालिकामा स्वतन्त्रबाट उमेदवारी दिएको हो । जुन मेरो लागि सिकाइ पनि हो ।
समाजेसवा गर्न चुनाव नै लड्नुपर्छ भन्ने छ र ?
एक पटक ट्राइ मारुम भनेर हो । मैले उमेदवारी मात्रै दिएको थिए । मलाई भोट दिनुस् भनेर मैले कसैलाई भोट मागिन् । अर्को कुरा समाजमा केहि गर्नुपर्छ भने मेयर नै हुनुपर्छ भन्ने मलाई लाग्छ ।
अर्को पटक फेरि चुनाव लड्ने मन छ कि रहर पुग्यो ?
लड्ने हो । यो साल सिक्ने मौका पाए । अर्को पटक चुनावमा राम्रै नतिजा आउने गरि चुनाव लड्ने तयारीमा छु ।