काठमाडौं :
गीतकार रबिन्द्र आशिष ‘शैली’को नयाँ गीत ‘चिउरा भटमास’ सार्वजनिक भएको छ । शुक्रबार गीतको लिरिकल भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा मुस्कान राई र सिर्जना तामाङको स्वर, राम कार्कीको संगीत एवं संगीत संयोजन रहेको छ ।
नयाँ एल्बमको तयारीमा रहेका गीतकार शैलीले यो गीत सो एल्बममा समावेश गर्ने बताए । शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्वम श्रोता÷दर्शकमाझ आएका छन भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् ।