सुचना, समाचार र मनोरन्जन

पाँचथरमा प्रदेश स्तरीय नेपाली मौलिक बाजा च्याब्रुङ प्रशिक्षण

पाँचथर । नेपालमा पुराना र संस्कृति बोकेका बाजाहरु आधुनिक बाजाहरुका कारण लोभ हुन थालिसकेका छन् । पुर्वमा लिम्बू समुदायले विभिन्न कार्यक्रममा बजाउने च्याब्रुङ लोभ हुने अवस्थामा नै पुगेको छ ।

यस्तो अवस्थामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको व्यवस्थापनमा समितिले प्रदेश स्तरिय लोक बाजा (च्याब्रुङ)बजाउने प्रशिक्षण कार्यक्रम समापन गरेको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अत्यन्तै पुरानो मौलिक बाजा च्याब्रुङको आधुनिक र सांगीतिक सिस्टम भित्र रहेर प्रशिक्षण गराइएको छ ।

पुर्वको ताप्लेजुङ,पाचथर, तेर्थुम लगायत अन्य जिल्लाबाट आएका २२ जना प्रशिक्षार्थीहरुले कार्यक्रममा भाग लिएका थिए । उनीहरुलाई मंसिर १२ गते देखि हरेक दिन दुई सिफ्टमा राखेर ७ घण्टाको दरले मंसिर २६ गतेसम्म सिकाइएको थियो । ‘मैले कैयौ वर्ष च्याब्रुङ नाचे तर त्यो परम्परागत बादन र त्यस्तै नाचमा मात्र सिमित रहेछ, यो प्रशिक्षणले पुरै आँखा खोली दियो,‘प्रशिक्षार्थी केबि किराँतीले भने,‘ आधुनिक र व्यवस्थित रुपले बजाउन नाच्न सिक्न पाउँदा सुरु सुरुमा त मै हराएँ । तर, प्रशिक्षणको केही दिन देखि मात्र प्रस्ट भएकी हामिले नाचेको बजाएको त पुरै अव्यवस्थित र अवैज्ञानिक रहेछ।’

त्यस्तै कार्यक्रममा सहभागी अर्की तेह्रथुमकी समिक्षा थेँगुवाले पनि आफ्नो अनुभव सुनाईन् । उनले भनिन्,‘यसरी नै “हामिले च्याब्रुङ नाच्नु बजाउनु मात्र होइन यसको उत्पत्ती, यसको महत्व देखि बनाउने तरिका समेत जानियो भने मात्र पारङ्गत र साँगितिक मुलधारमा ल्याउन सकिने रहेछ ।’ उक्त प्रशिक्षण कार्यक्रममा सहभागीलाई हौशला बढाउन संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ,किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लगायतले कार्यक्रमको अवलोकनमा पुगेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका प्राज्ञ तथा संगीत बिभाग प्रमुख अशोक राईज्युको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुद्ध लिम्बु इङ्वा रहेका थिए । च्याब्रुक प्रशिक्षण कार्यक्रममा घटिका थेबे,समिक्षा लिम्बू ,जुनु तुम्बापो,सुम्जिरी तुम्बापो,देबु बहादुर सावा,प्रभा मेयोङवा,उदय नेम्वाङ,केबि किराँती,कर्म चन्द्र नेम्बाङ,मन्दिरा मेयोङ्वा,महेश सेलिङ,मिराक हाङ लिम्बू ,महेन्द्र कुमार तुम्बापो,चन्द्र प्रकाश तुम्बापो,सेसेमा सुहाङ,तारा लिङ्देन,सम्झना योङहाङ,सुखराज लिम्बू,ज्योति बेघा,सुरेन्द्र सुहाङ,बिरेन्द्र लिम्बू माबो,लाजोहाङ लिम्बूले प्रशिक्षण लिएको छन् ।

कमेन्ट्स
Loading...