विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम क्वारेन्टिनमा बसेका छन् ।
केही दिन पहिले सङ्घीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम क्वारेन्टिनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।
