सुचना, समाचार र मनोरन्जन

शनिबार ३ सय ७८ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं l नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिए।
हालसम्म २२ हजार ५ सय ९२ कुल संक्रमित पुगेका छन्। त्यस्तै, २४ घण्टामा ४सय ९९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ।

कमेन्ट्स
Loading...