सुचना, समाचार र मनोरन्जन

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या बढ्दो गतिमा

एजेन्सी । कोरोनाको प्रभाव अहिले विश्वभरी कायम छ । कोरोना भाइरसले हरेक दिन हजारौं व्यक्तिको ज्यान लिइरहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २ सय २८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या १ लाख ७० हजार नाघेको बीबीसीले जनाएको छ । २४ घण्टामा ब्राजिलमा १ हजार २ सय, मेक्सिकोमा ७ सय ३७, कोलम्बियामा ३ सय ८, दक्षिण अफ्रिकामा २ सय ६०, रसियामा १ सय २४ र इरानमा १ सय ७४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो ।

२४ घण्टामा २ लाख ६५ हजार कोरोना संक्रमित थपिएसँगै विश्वभर कुल संक्रमितको संख्या २ करोड १० लाख ६२ हजार नाघेको हो । तीमध्ये झण्डै १ करोड ३९ लाख संक्रमणमुक्त भएका छन् भने ७ लाख ५२ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ ।

कमेन्ट्स
Loading...