सुचना, समाचार र मनोरन्जन
kumdini

बेलायतमा एकैदिन ५७ हजारमा संक्रमण पुष्टि

एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसबाट थप ५७ हजार ७ सय २५ पुष्टि भएको छ । एकैपटक यति धेरै केस आएपछि बेलायतका जनता त्रसित बनेका छन् ।

क्रिसमस अघि यहाँ देखिएको नयाँ स्ट्रेनको कोरोना भाइरसको संक्रमण अहिले कैयौं देशमा पुगिसकेको छ ।

लण्डनमा कडा लकडाउन भए पनि एकैपटक यति धेरै संक्रमितको संख्यामा कसरी बृद्धि भयो भन्ने कुरा भने आश्चर्यमा पार्ने खालको छ ।

British college

महामारीको वर्तमान स्थितिलाई लिएर प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनमा अझै कडाइ गर्ने निर्देशन दिइसकेका छन् ।

कोरोनाको नयाँ स्ट्रेन भेटिएपछि यहाँका जनता एकदम त्रसित बनेका छन् । ब्रिटेनको स्वास्थ्य मन्त्रालयका अनुसार लगातार पाँच दिनसमम दैनिक संक्रमण दर ५० हजार भन्दा पनि बढी पाइएका छन् ।

दुई साता अघिसम्मको अवस्था हेर्दा यो दुई गुणा बढी हो । सरकारी तथ्यांक अनुसार २८ दिनको अवधिमा यहाँ ४४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

जोनसन सरकारले नयाँ स्ट्रेनको फैलावट रोक्न भरपुर प्रयास गरिरहेको छ । स्थानीय निकायले पनि आफ्नो तर्फबाट कोशिस गरिरहेका छन् ।

कमेन्ट्स
Loading...