काठमाडाैं । आइतवार नेपालमा चार सय ११ जना कारोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार पाँच हजार ८ सय पिसिआर परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबारदेखि हालसम्म जम्मा २७ हजार १ सय ३५ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए ।
जसमा दुई हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बुधबारदेखि हालसम्म जम्मा तीन हजार एकसय ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यस्तै डा. गौतमका अनुसार बुधबारदेखि आजसम्म कोरोना भाइरसको संक्रमणबाट देशभर ३८ जनाको मृत्यु भएको छ ।

आज देशभरमा पाँच हजार चारसय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये तीन जहार ५२१ जना संस्थागत आइसोलेसनमा छन् भने, एक हजार ९६६ जना होम आइसोलेसनमा रहेका छन् ।
आइतबार काठमाडौं उपत्यकामा जम्मा १९७ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म जम्मा १९ लाख ४८ हजार ५०२ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
देशभरी ३६७ जना क्वारेन्टिनमा रहेका छन् । आइतबार नेपालमा ६३७ जनाले कोरोना जितेका छन् भने कोरोना संक्रमण मुक्त हुनेको दर ९७.२ प्रतिशत रहेको छ ।